१७ प्रतिशतले घट्यो रिभियनको सेयर
अमेरिकी विद्युतीय सवारी कम्पनी रिभियनको सेयर मूल्य एकै दिन १७ प्रतिशतले घटेको छ । विद्युतीय ट्रक बनाउने रिभियनको सेयर मूल्य सोमबार मात्रै १७ प्रतिशतले घटेको हो । कम्पनीले विख्यात सवारी निर्माता फोर्डसँग लामो सहयात्रा गर्ने सम्झौता नभएको बताएपछि मूल्यमा ठूलो गिरावट आयो ।
रिभियन र फोर्ड दुवै कम्पनीले पहिले नै विद्युतीय ट्रक बनाउने योजनाबाट पछि हट्ने संकेत गरिसकेका थिए । यही सूचनाका आधारमा शुक्रबारको अन्तिम एक घन्टामै रिभियनको सेयर मूल्य ३ प्रतिशतले घटिसकेको थियो ।
सोमबार कम्पनीको सेयर कारोबार सुरु भएलगत्तैको १५ मिनेटमा ८ प्रतिशतले सेयर घटिसकेको थियो । विद्युतीय ट्रक निर्माण गर्ने गरी दुई कम्पनीबीच सहकार्यको घोषणा भएपछि रिभियनको सेयर मूल्यमा एकाएक वृद्धि आएको थियो । रिभियनले बजारमा मूल्यमा धेरै अमेरिकी सवारी निर्मातालाई पछि पार्दै तेस्रो स्थानमा आएको थियो ।
रिभियनभन्दा अगाडि फोर्ड र टेस्ला मात्रै थिए । एकै दिन १७ प्रतिशतले सेयर मूल्य घटेपछि रिभियनको बजार मूल्य पनि घटेको सीएनएनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा १४औँ साग आयोजनाका लागि बैठक आह्वान
-
नर्भिक अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग
-
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
-
देउवाले लिए मन्त्रालयको ब्रिफिङ, अध्यादेशबारे छलफल
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त नेताहरूलाई व्यवस्थापन गर्न बनेको कार्यदलको प्रतिवेदन अन्तिम चरणमा
-
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित