बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१७ प्रतिशतले घट्यो रिभियनको सेयर

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : ०४
मङ्गलबार, ०७ मङ्सिर २०७८

अमेरिकी विद्युतीय सवारी कम्पनी रिभियनको सेयर मूल्य एकै दिन १७ प्रतिशतले घटेको छ । विद्युतीय ट्रक बनाउने रिभियनको सेयर मूल्य सोमबार मात्रै १७ प्रतिशतले घटेको हो । कम्पनीले विख्यात सवारी निर्माता फोर्डसँग लामो सहयात्रा गर्ने सम्झौता नभएको बताएपछि मूल्यमा ठूलो गिरावट आयो ।

रिभियन र फोर्ड दुवै कम्पनीले पहिले नै विद्युतीय ट्रक बनाउने योजनाबाट पछि हट्ने संकेत गरिसकेका थिए । यही सूचनाका आधारमा शुक्रबारको अन्तिम एक घन्टामै रिभियनको सेयर मूल्य ३ प्रतिशतले घटिसकेको थियो ।

सोमबार कम्पनीको सेयर कारोबार सुरु भएलगत्तैको १५ मिनेटमा ८ प्रतिशतले सेयर घटिसकेको थियो । विद्युतीय ट्रक निर्माण गर्ने गरी दुई कम्पनीबीच सहकार्यको घोषणा भएपछि रिभियनको सेयर मूल्यमा एकाएक वृद्धि आएको थियो । रिभियनले बजारमा मूल्यमा धेरै अमेरिकी सवारी निर्मातालाई  पछि पार्दै तेस्रो स्थानमा आएको थियो ।

रिभियनभन्दा अगाडि फोर्ड र टेस्ला मात्रै थिए । एकै दिन १७ प्रतिशतले सेयर मूल्य घटेपछि रिभियनको बजार मूल्य पनि घटेको सीएनएनले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप