सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

मङ्गलबार, ०७ मङ्सिर २०७८, १८ : ३०
मङ्गलबार, ०७ मङ्सिर २०७८

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।स्वास्थ्य सचिव डा. पोखरेलका अनुसार भारत  र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप