बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी बैठक सुरु

मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : २७
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो। एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप