शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा पौडेल पक्ष हाबी

मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : ०७
मङ्गलबार, ०७ मङ्सिर २०७८

पाल्पा जिल्लामा नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रसँगै संघीय निर्वाचन क्षेत्रमा समेत पौडेल पक्षको हाबी देखिएको छ । पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदानको आज बिहान प्रकाशित नतिजाअनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल विजयी भएका छन् । पाल्पामा पौडेलनिकट जिल्ला सभापति वीर बहादुर रानाको पक्षका उम्मेदवारहरू विजयी भएका छन् ।

यहाँ वीरबहादुर राना र देउवानिकट पूर्व सांसद हरि नेपालको समूहले चुनावी मैदानमा उत्रिएको थियो । जसमा राना पक्षको हाबी भएको छ । नेपाली काँग्रेस पाल्पा क्षेत्र नं २ को मत सङ्ख्या ७ सय ४ रहेकोमा सभापतिमा पौडेल पक्षका मुक्तिराम जिसीले ४६० ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । यस्तै क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी भएका छन् । उनले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बोम्रेलले ११२ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप