शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो पटक विवाह गर्दैछन् आमिर खान ? नजिकका साथीले बताए वास्तविकता

मङ्गलबार, ०७ मङ्सिर २०७८, ११ : ४८
मङ्गलबार, ०७ मङ्सिर २०७८

बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

आमिरले तेस्रो विवाह गर्ने सम्भावना कति ?

आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह  गरेका थिए । त्यसपछि निर्देशक किरण रावसँग विवाह बन्धनमा बाँधिइन् । जुलाई ३ तारिखमा किरण र आमिरले आफ्नो सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । यी दुईको सम्बन्धविच्छेदको दोष नायिका फातिमा सना शेखमाथि लगाइयो । त्यसपछि आमिरले तेस्रोपटक विवाह गर्न लागेको खबर आयो । यो खबरलाई उनको नजिकको स्रोतले झुटो बताएका छन् ।

आमिरसँगको सम्बन्धबारे बोलिन् फातिमाः

फातिमा सना शेखले आमिरसँगको सम्बन्ध रहेको हल्लाबारे आफ्नो प्रतिक्रिया दिएकी थिइन् । यी दुईको नाम फिल्म दंगलपछि जोड्न सुरु गरिएको हो । फातिमाले यसबारे भनेकी थिइन्, ‘केही अपरिचित जसलाई मैले कहिल्यै भेटेकी छैन, उनीहरुले मेरा बारे लेखिरहेकी छिन् । उनीहरुलाई वास्तविकता के हो, थाहै छैन् । जसले उनीहरुले लेखेको पढ्छन्, उनलाई लाग्छ कि म राम्रो मान्छे होइन । मलाई लाग्छ कि म उनीहरुलाई भनूँ, ‘मलाई सोध म तिमीलाई सही जवाफ दिनेछु । ’ यसले मलाई तनाव दिन्छ किनभने उनीहरुले मेराबारे गलत कुरा गरुन् भन्ने म चाहन्नँ ।’

सन् २००५ मा भएको थियो किरण–आमिरको विवाहः

आमिर खानको दोस्रो विवाहबारे कुरा गर्ने हो भने उनको भेट किरण रावसँग सन् २००१ मा भएको थियो । यी दुईले फिल्म लगानमा सँगै काम गरेका थिए । फिल्ममा आमिर खान हिरो थिए र किरण राव सह–निर्देशक थिइन् । आमिरको सम्बन्धविच्छेद श्रीमती रिना दत्तासँग सन् २००२ मा भएको थियो । त्यसपछि किरण र आमिरबीच प्रेम सम्बन्ध स्थापित भयो । सन् २०११ मा छोरा आजाद राव खानलाई सरोगेसीमार्फत् जन्म दिए । आमिर र किरणको सम्बन्धविच्छेद त भएको छ तर उनीहरुले आफूहरु सधैं एक परिवारको रुपमा रहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप