महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
मङ्गलबार, ०७ मङ्सिर २०७८, ११ : ४६
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । महामन्त्री खड्काले मंगलबार काँग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिएका हुन् ।
काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले आफ्ना क्षेत्रका करिब ९ सय प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका हुन् ।
उनी निर्वाचन क्षेत्र नम्बर एक कै वासिन्दा पनि हुन् भने विगत लामो समयदेखि प्रतिनिधिसभामा यही क्षेत्रबाट निर्वाचन निर्वाचित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?