मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

मङ्गलबार, ०७ मङ्सिर २०७८, ११ : ३६
मङ्गलबार, ०७ मङ्सिर २०७८

 बुल्गेरियामा एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बोस्नेक गाउँ नजिक स्थानीय समयअनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको जनाइएको छ ।​ बुल्गेरियाको गृहमन्त्रालय अन्तर्गत अग्नि नियन्त्रण विभागका प्रमुख निकोलाइ निकोलोभका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उक्त बस टर्कीबाट उत्तरी मेसेडोनियातर्फ गइरहेको थियो ।

बसमा यात्रा गरेकामध्ये धेरैजसो उत्तरी मेसेडोनियाका नागरिक रहेको जनाइएको छ । आगलागी कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप