बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री श्रेष्ठ बने काँग्रेस महाधिवेशन प्रतिनिधि

मङ्गलबार, ०७ मङ्सिर २०७८, ११ : ०७
मङ्गलबार, ०७ मङ्सिर २०७८

राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट उनले ३ सय २० मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा आफूलाई सुरक्षित गरेका हुन् । ​खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि मध्ये श्रेष्ठ नवौं नम्बरमा विजयी भएका छन् । संघीय सांसद समेत रहेका श्रेष्ठ  १४ औं महाधिवेशनका लागि प्रतिनिधि भएका छन् ।

 चितवन क्षेत्र नम्बर ३ को खुलातर्फबाट डा. सूर्यकान्त घिमिरे , रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ शंकरप्रसाद कंडेल, टेकप्रसाद गुरुङ  महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्  । यस्तै दिनेश कोइराला, कैलाश कोइराला र चन्द्रध्वज गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप