बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०६ : ००
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ ।

‘महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्ने नै बैठकको मुख्य एजेण्डा हो । विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लाग्छ’, तामाङको भनाइ छ ।

महाधिवेशन प्रतिनिधि बढ्ने

यसैबीच, एमालेको १० औं महाधिवेशनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू बढ्ने भएका छन् । यसअघि १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा पार्टी सदस्य संख्या बढेकाले महाधिवेशन प्रतिनिधि पनि बढने भएको एमाले नेताहरुले बताएका छन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले अनुमान गरिए भन्दा डेढ लाख पार्टी सदस्य थपिएकाले प्रतिनिधि संख्या पनि बढने भएका हुन् । तामाङले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशतसहित  २१ सय ५० देखि २२ सय सम्म प्रतिनिधि पुग्नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप