बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जसपा बैठकः प्रदीप यादवको कारबाहीसहितका विषयमा छलफल हुँदै

मङ्गलबार, ०७ मङ्सिर २०७८, १० : ३९
मङ्गलबार, ०७ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । बालकुमारीस्थिति पार्टी कार्यालयमा सोमबारदेखि बैठक सुरु भएको थियो । बैठकमा संगठन सुदृढीकरण जनजागरण अभियान (सुज अभियान) को समीक्षा, देशको समसामयिक राजनीतिक अवस्था, सरकार सन्चालन लागयतको विषयमा छलफल हुने कार्यसूची रहेको छ । पहिलो दिनको बैठकमा प्रदेश अध्यक्षहरुले सुज अभियानको बारेमा आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर, प्रदेश २ मा पार्टी समितिका अध्यक्ष नभएको कारण प्रस्तुति भएको थिएन ।  प्रतिवेदन लेख्ने जिम्मेवारी कार्यकारिणी सदस्य विजय यादव, रामबाबु यादव र गोविन्द चौधरीलाई दिइएको छ ।
 सम्भवतः उनीहरूले आज आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । भदौ ९ गतेदेखि सुरु भएको सुज अभियान मंसिरमसान्तसम्म चल्नेछ ।

साथै आजको बैठकमा सांसद प्रदीप यादवको कारवाहीको विषयमा पनि छलफल हुनेछ । आफूलाई मन्त्री नबनाएको भन्दै सांसद प्रदीप यादवले आन्दोलन गराएको आरोप रहेको छ । सोही विषयमा सांसद यादवलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । 

त्यस्तै प्रदेश २ सरकारको मन्त्रीबाट हटाइएको विषयमा पनि कुरा उठ्ने बताइएको छ । प्रदेश २ सरकारको उद्योग मन्त्रीबाट रामनरेश रायलाई हटाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप