मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

मङ्गलबार, ०७ मङ्सिर २०७८, १० : ३४
मङ्गलबार, ०७ मङ्सिर २०७८

भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने सिक्किम फिल्म प्रमोसन बोर्डले प्रचार गरेको छ ।

कोरोनाका कारण थालिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको महोत्सवमा  राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्ता लगायत सहभागी हुने बोर्डले सार्वजनिक गरेको पोष्टमा उल्लेख छ । 

त्यस्तै, उक्त पोष्टर बलिउडका भने अभिनेत्री मलाइका अरोरा, अभिनेता अरिजीत दत्ता, निर्देशकहरु संजय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, अनन्त महादेवन लगायत सहभागी हुने उल्लेख गरिएको छ । फेस्टिभलमा सिक्किमा खिचिएका नेपाली ‘साइनो’, ‘जार’, ‘कथा’ लगायतका समेत प्रदर्शन हुनेछ । केही दिन अगाडि अभिनेता भुवन केसी सिक्किम पुगेर समेत फर्किएका थिए । सिक्किम सरकारले सिक्किममा छायाँकन हुने फिल्मलाई भारु एक करोड रुपैयाँ दिने भनेपछि उनी यसैको सोही सिलसिलामा सिक्किम पुगेका थिए । भुवनले सामाजिक सञ्‍जालमार्फत सिक्किमका तस्बिर समेत सार्वजनिक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप