काँग्रेस महाधिवेशन : कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी
नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका निकटमप्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट तथा सहसचिवमा अर्जुन भट्ट र खड्कबहादुर बस्नेत निर्वाचित भएका छन्। सचिव निर्वाचित जोशीले ३०७ र भट्टले ३०१ तथा सहसचिवमा भट्टले ३४६ र बस्नेतले ३१९ मत प्राप्त गरेका छन् । सोमबार भएको मतदानमा निर्वाचन क्षेत्र नं ३ मा कूल ५६२ मत खसेको समितिले जनाएको छ । क्षेत्र नं ३ मा कांग्रेस नेता रमेश लेखकको प्यालन विजयी भएको हो ।
यस्तै निर्वाचन क्षेत्र नं २ र १ मा अहिले मतगणना जारी छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच तथा निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भीडन्त हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त