शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा आपसी झगडामा एकको मृत्यु

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०८ : ३४
मङ्गलबार, ०७ मङ्सिर २०७८

बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । 

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए । कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौतराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप