शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रगतिशील मन्च नेदरल्याण्ड र पोर्चुगलमा नयाँ नेतृत्व चयन

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०७ : ५०
मङ्गलबार, ०७ मङ्सिर २०७८

माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मन्च नेदरल्याण्डको दोस्रो अधिवेशनबाट संघर्षशील केसी अध्यक्ष चयन भएका छन् । सोमबार भएको  अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा राम पौडेल र बिना गौतम,  महासचिवमा हरि बिष्ट,  सचिवमा  बृन्दा खड्का, कोषाध्यक्षमा कैलाश गिरी, सदस्य कमरेडहरूमा रवीन्द्र केसी, नवराज राई, पूजा थापा,  सुरेश श्रेष्ठ, सन्देश लामा चयन भएका छन् । 

यसैगरी सल्लाहकारहरुमा थानेश्वर गौतम,राम पौडेल र विर्ख सुबा सर्वसम्मत रूपमा निर्वाचित भएको नेपाली जनप्रगतिशील मंच युरोपका सचिव रण बहादुर खाती क्षेत्रीले जानकारी दिए । 

यसैगरी जनप्रगतिशील मन्च पोर्चुगलको अध्यक्षमा दावा लामा चयन भएका छन् भने उपाध्यक्षमा प्रकाश जिसी र दुर्गा पौडेल चयन हुँदा महासचिवमा जीएन पाण्डे चयन भएका छन् ।

यस्तै सचिवमा रवि अधिकारी र रेशम बस्नेत चयन भएका छन् । यसैगरी सदस्यहरुमा कृष्ण तिमल्सिना, सीता ढकाल, राजेश दुलाल, उमेश कुमार खड्का, युवराज खतिवडा, रामकृष्ण सुवेदी, अर्जुन भण्डारी, देवराज घिमिरे, बुद्धि बराइली, प्रेम सुवेदी, सन्तोष गैरे, ठाकुर प्रसाद अधिकारी, सुरेश गिरी, सुवास पौडेल, गंगा बहादुर नेमकुल, राममाया बिक, प्रकाश अधिकारी, बालकृष्ण बुढा, मनिष बोहोरा, अनुजंग मल्ल ठकुरी, छिरिङ लामा, प्रकाश योगी र जीवन सापकोटा रहेका छन् । 

दुबै कार्यक्रम प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले जुम प्रविधिमार्फत उद्घाटन गरेका थिए । अधिवेशनलाई सम्बोधन गर्दै शर्माले प्रवासमा रहेका नेपालीको मताधिकारीको लागि सबै नेपालीहरु जागरुक हुनुपर्ने धारणा राखे । उनले पार्टीले यसका लागि पहल गर्ने भन्दै युरोपबाट पनि यो मुद्दालाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताए । जो जहाँ भएपनि नेपालीले आफ्नो प्रतिनिधि छान्न पाउनुपर्ने उनको धारणा थियो । उनले माओवादीको पक्षमा जनलहर देखिँदै गएको भन्दै युरोपमा रहेका पार्टीका कार्यकर्ताको सक्रियताले थप उत्साह बढेको बताए । 
अधिवेशनमा सुरेन्द्र भुसाल, रण केसी, लोकप्रसाद दाहाल, चित्र सुवेदी, धर्म सापकोटा, गोविन्द गौतम, गंगा भुसाल, सुस्मा भुसाललगायतको पनि सहभागिता रहेको थियो । यसैबीच नेपाली जनप्रगतिशील मन्च  जर्मनीको अध्यक्षमा गोविन्द भण्डारी सर्वसम्मत चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप