बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०७ : २४
मङ्गलबार, ०७ मङ्सिर २०७८

वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।  

सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी ९उपकप्तान०, अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की  रहेका छन् । 

यस्तै अर्जनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । गत कात्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ जनालाई छनोट गरिएको हो । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप