शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको तयारी सुरु

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०६ : ५२
मङ्गलबार, ०७ मङ्सिर २०७८

सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि  सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले  स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन  सरकार दृढ   रहेको बताए ।

उनले भने, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा  सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर    जनतालाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री र निर्वाचन आयुक्तहरुसँग भएको छलफल बमोजिम आयोगले आन्तरिक तयारी सुरु गरेको     जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक दोस्रो साता निर्वाचन आयोगका आयुक्तहरुसँग  परामर्श गरेका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप