प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र
मङ्गलबार, ०७ मङ्सिर २०७८, ०६ : ३४
![प्रदेश २ : कमिसनको चलखेलले शीतभण्डार बनाउने योजना अलपत्र](https://rpcdn.ratopati.com/media/albums/cold_store_NxopK0zepu.jpg)
प्रदेश २ का आठ जिल्ला प्रत्येकमा एक एक वटा शीतभण्डारी बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ । यसको सम्झौता लागत १ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ । योजना सुरु भएयता ८१ करोड रुपैयाँ बजेट विनियोजन भयो । तर, १ करोड मात्रै सम्बन्धित संस्थालाई भुक्तानी गरी ८० करोड फ्रिज भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कमिसनको चलखेल गर्ने, कामै नगरी भुक्तानी माग्ने, कमसल काम गर्ने केही फर्मको क्रियाकलापका कारण योजना प्रभावित भएको मन्त्रालयका कर्मचारी बताउँछन् । आर्थिक वर्ष २०७५ ७६ मा सम्झौता भई सुरु भएको निर्माण कार्य प्रारम्भदेखि नै विवादित बनेको थियो । पहिलो वर्ष १६ करोड, दोस्रो वर्ष ४० करोड, त्यसपछि २० करोड र चालू आर्थिक वर्ष ५ करोड बजेट सरकारले छुट्टाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टै सत्ता निर्माण गर्ने निर्णयबाट किन पछि हटे महतो ?
-
बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
-
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
-
प्रचण्डसँग १६ महिना अघिको धोकाको बदला लिए ओलीले
-
एमालेसँग विद्रोह गरेका माधव नेपाल दुईपटक समाजवादीका अध्यक्ष
-
ट्रम्पको टिप्पणीलाई ‘गम्भीरतापूर्वक’ लिन्छु : पुटिन