महासचिवका आकांक्षीलाई खुल्न सकस
नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ । अन्य विभिन्न पदमा फाट्टफुट्टरुपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन् । अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिने गरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्षपछिको महत्त्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरु देखिए पनि खुलेर कोही बोलेका छैनन् । महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न नसकेका हुन् ।
हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको देखिन्न । यस अर्थमा एमाले माओवादी एकीकरणपछि बनेको तत्कालीन नेकपामा महासचिव पद सम्हालेका पौडेल अहिले एमाले महासचिवका एक मात्र हकदार देखिएका छन् । तर अन्य नेताहरूले पनि भित्रभित्रै महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेकाले पौडेलले सो पद सजिलै पाउने अवस्था भने देखिन्न । महासचिवका लागि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङले पनि रुचि देखाएको आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा
-
संसद् बैठकपछि विपक्षी दलको बैठक बस्दै
-
कांग्रेसद्वारा मतदान बहिष्कार
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
आईपीएलका रोचक पक्ष : निरीह मुम्बई, अनुमान गर्न कठिन राजस्थान र बैंगलुरुको प्रदर्शन
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )