फागो समूहले बहिस्कार गरेपछि काँग्रेसको धनकुटा जिल्ला अधिवेशन स्थगित
नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार जिल्ला अधिवेशनका लागि मिति तय गरेपनि कमोट फागोको दबाब दिएपछि निर्वाचन अधिकृत पिकम राईले अधिवेशन स्थगित गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले दुई वटै प्रदेशसभा क्षेत्रीय सभापति जितेपछि कृष्णप्रसाद सिटौला निकट फागो समूहले जिल्ला अधिवेशन बहिस्कारको नीति लिएको हो ।
जिल्ला अधिवेशन सर्वसम्मत चयनको बाटोमा जानुपर्ने फागो समूहको जोड छ । तर वर्तमान कोषाध्यक्ष तथा जिल्ला सभापतिका उम्मेदवार दिनेश राई र फागोबीच सहमतिमा जानेबारे कुरा नमिलेपछि अधिवेशन स्थगित भएको बुझिएको छ । राई देउवा समूहबाट उम्मेदवार बनेका छन् भने फागो सिटौला समूहबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
धनकुटामा सुनील थापा समूहले देउवा पक्षलाई साथ दिएपछि संस्थापन इत्तर समूह कमजोर देखिएको छ । धनकुटा प्रदेशसभा क क्षेत्रीय सभापतिमा देउवा पक्षीय जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन), सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । यस्तै प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित भएका छन् । त्यस्तै उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए । समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन् । यस्तै सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)