सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्याङ्क पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन् । महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका हुन् ।
उनले भनेका छन्– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाँच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिइएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेका हुन् ।
उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरूलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका छन् ।
यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उनले विश्वका देशहरूलाई आग्रह गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने
-
माओवादी र प्रचण्डका विरुद्ध केही अराजक शक्ति लागेका छन् : अध्यक्ष शेर्पाली
-
कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी
-
सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन
-
सात सदस्यीय तेक्वान्दो टोली जापान जाने
-
धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो