राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आयोजना हुने
नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत महोत्सवमा स्थान पाउने आयोजक पक्षले जनाएको छ ।
यस अगाडि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिजले सो समय २७ जिल्लाका विभिन्न कला सांस्कृतिक झल्कने प्रस्तुति देखि विभिन्न विषयवस्तु समेत समेटेको थियो । टुँडिखेलमा आयोजनमा भएको महोत्सवको अवलोकन पाँंच लाख दर्शकले गरेका थिए ।
यो पटकको महोत्सवमा दश लाख बढी दर्शकले अवलोकन अपेक्षा आयोजकको रहेको थियो । आगामी चैत्र दोश्रो साता टुँडिखेलमै आयोजना हुने महोत्सवमा दर्शकले निशुल्क प्रवेश पाउने आयोजकले कमिटीका सदस्य श्याम धितालले बताए । विभिन्न सम्मान सहितको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारको समेत सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि