एमाले महाधिवेशन प्रचारका लागि हेटौंडामा बाइक र्याली, दुई दर्जन स्वागत गेट
नेकपा एमाले मकवानपुरले मंगलबार हेटौंडामा मोटरसाइकल र्याली निकाल्ने भएको छ । पार्टीको १० औं महाधिवेशनका लागि एमाले मकवानपुरले गठन गरेको प्रचार समितिले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल र्याली आयोजना गर्नेबारे जानकारी दिएको हो ।
जनपरिचालनको हिसाबले छिमेकी जिल्लामा हुने महाधिवेशन थप महत्वपूर्ण भएको भन्दै प्रचार समितिका संयोजक नविन सिग्देलले तयारीलाई व्यापक बनाएको जानकारी दिए । उनले मंसिर १० गते चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा मकवानपुरबाट पनि उल्लेख्य मात्रामा जनसहभागिता रहने बताए ।
उनले महाधिवेशनको उद्घाटन सत्रका लागि मकवानपुरबाट २ हजार मोटरसाइकल, ५ सय सानो सवारी तथा २ सय वटा बससहितको र्याली गर्दै सहभागीहरू लगिने बताए । महाधिवेशन प्रचारका लागि एमाले मकवानपुरको विभिन्न भ्रातृ संगठन तथा पार्टी कमिटीले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जनभन्दा धेरै स्वागत गेट निर्माण गर्ने उनको भनाइ छ ।
त्यस्तै महाधिवेशनको प्रचारका लागि हेटौँडामा डिजिटल डिस्प्ले राख्ने, तुल, ब्यानर र झण्डाले हेटौँडा क्षेत्रलाई सिँगार्ने उनले बताए । उनका अनुसार महाधिवेशनका लागि मकवानपुरको सबै स्थानीय तहमा जनपरिचालन समिति निर्माण गरिएको र सबै स्थानीय तहले महाधिवेशनको उद्घाटन सत्रमा जनसहभागिता गराउने तयारी भइरहेको छ ।
जनपरिचालनका लागि जिल्लास्तरबाट एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल संयोजक र एकलाल श्रेष्ठ सचिव रहेको जनपरिचालन समिति समेत निर्माण गरिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या