मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि पोखरेल

सोमबार, ०६ मङ्सिर २०७८, १९ : ५४
सोमबार, ०६ मङ्सिर २०७८

पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।

सिरहाको गोलबजार नगरपालिका–१२, बेतौनामा आयोजित पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशता लाद्ने निश्चित रहेको पनि उजागर गरे । सत्तामा रहँदा ओलीले गरेका व्यवहारले नै यसको पुष्टि भएको उनको भनाइ थियो ।

‘मुलुकलाई पछाडि फर्काउने र निरंकुशतातर्फ धकेल्ने कदमको सुरुवात प्रतिनिधिसभा विगटन गरेर नै भएको थियो,’ उनले भने, ‘तर हामी त्यसलाई रोक्न सफल भयौं ।’

संसद पुनर्स्थापनापछि राजनीति फेरि लिकमा आएको उनको भनाइ थियो । उनले ओलीको बोली र व्यवहारमा धेरै भिन्नता रहेको पनि बताए । जनता सामु एउटा कुरा गर्ने र बालुवाटारमा ‘रअ’का प्रमुखसँग बसेर ओलीले अरुनै काम गर्ने गरेको उनले बताए ।

कार्यक्रममा विभिन्न दलबाट ४५० भन्दा बढी स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण आफ्नो पार्टीमा प्रवेश गरेको माओवादीको वडा कमिटीले जनाएको छ ।

कार्यक्रममा माओवादी नेता तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रदेश सांसद रामकुमार यादव, गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, प्रदेश सदस्य प्रवेश लामा, रामचन्द्र महतो लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप