नेकपा एकीकृत समाजवादीका रौतहट सचिवालय सदस्य एमालेमा प्रवेश
सोमबार, ०६ मङ्सिर २०७८, १९ : ३८

नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला सचिवालय सदस्य बुधाई खाँ सोमबार एमालेमा प्रवेश गरेका छन् । एमालेको फतुवा विजयपुर नगर अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् ।
खाँलाई कार्यक्रमका प्रमुख अतिथि एमाले नेता प्रभु साहले माला र टीका लगाएर स्वागत गरेका थिए । असली क्रान्तिकारीको स्थान एमालेमै हुने भन्दै साहले बुधाई खाँसँगै नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई स्वागत गरेका थिए ।
सो अवसरमा बयोवृद्व कम्युनिस्ट नेता नेत्रबहादुर शिवभक्ति पनि एमालेमा प्रवेश गरेका छन् ।