बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशमानको श्रीमती र छोरा राजनीतिमा सक्रिय, बने महाधिवेशन प्रतिनिधि

सोमबार, ०६ मङ्सिर २०७८, २२ : ०४
सोमबार, ०६ मङ्सिर २०७८

 नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको श्रीमती र छोरा काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका श्रीमती सिर्जना र छोरा प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

प्रकाशमान सिंह सभापतिमा उठ्ने भएपछि श्रीमती र छोरा पनि राजनीतिमा सक्रिय हुँदै महाधिवेशन प्रतिनिधि भएका हुन् । ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी भएपनि सिर्जना पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय भूमिकामा आएकी थिइनन् ।

०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार प्रसार समितिको संयोजक थिइन् । ०३६ सालदेखि ३८ सालसम्म  उनी नेविसंघको क्याम्पस  इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा पराजित गरेकी थिइन् ।

०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि सिर्जना राजनीतिबाट निश्कृय जस्तै थिइन् । यद्यपि काँग्रेस विभाजन हुँदा तथा प्रकाशमान जेलमा भएका बेला ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् । त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन । 

यस्तै प्रकाशमानका छोरा काँग्रेसको भातृ संस्था नेपाल तरूण दलमा आवद्ध छन् । उनी तरूण दलको केन्द्रीय पार्षद  हुन् । अब उनीहरु काँग्रेस राजनीतिमा प्रवेश गरेका छन् । छोरा र श्रीमती सिर्जना महाधिवेशन प्रतिनिधि बनेसँगै प्रकाशमानकै घरमा ३ जना महाधिवेशन प्रतिनिधि भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप