कालिकोटमा सुरुवा रोग अस्पताल सञ्चालनमा
कर्णाली प्रदेशमा पहिलो पटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार कालिकोटको मान्मामा उक्त, अस्पतालको उद्घाटन गरेका हुन् । १५ शय्याको उक्त, सुरुवा रोग अस्पताल कालिकोटका ५ वटा सरकारी कार्यालयका लागी निर्माण गरिएको एकीकृत भवनमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा वरिष्ट कन्सलटेन्ट जनरल फिजिसियनदेखि विशेषज्ञ चिकित्सक गरी ११ जना भन्दा बढी जनशक्ति आवश्यक पर्ने देखिएको छ। यो अस्पताल प्रदेश सरकारको रु. १ करोड लगानीमा निर्माण गरिएको हो । अस्पताल स्रोतका अनुसार तत्कालका लागि यो अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ । वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत एक जना, हाउस किपर सहायक १, फार्मेसी सहायक १ जना लगायत गरी २१ जनको दरबन्दी रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कर्णालीका शाहीले रोग, भोग अशिक्षा र अज्ञान्ताको भुमीबाट जन्मिएका कर्णाली बासीहरुका लागि सरुवा रोग अस्पताल सञ्चालनमा आउनु गौरवको विषय भएको बताए । उनले उक्त अस्पतालले जुम्ला, मुगु, दैलेख बाजुरा सम्मका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’