ad
अन्तरवार्ता

लक्की शेर्पाको यात्रा : सामाजिक अभियन्तादेखि माओवादीसम्म

रोजगारीकै लागि विद्यार्थी अस्ट्रेलिया पठाउने हो भने श्रम सम्झौता गरे भैहाल्यो : शेर्पा

person explore access_timeमंसिर ६, २०७८ chat_bubble_outline1

पहिलो संविधानसभामा सपना प्रधान मल्ल, लक्की शेर्पा, पासाङ शेर्पालगायतको विशेष पहिचान र चर्चा थियो । उनीहरू कुनै दलको कार्यकर्ताका रुपमा नभएर एनजीओ र अधिकारवादी आन्दोलनबाट संविधानसभामा आइपुगेका थिए । तर, उनीहरूलाई नेकपा एमालेले समानुपातिक सभासद बनाएको थियो ।


चर्चामा आएका यी नाममध्ये सपना अहिले सर्वोच्च अदालतमा न्यायाधीश छिन्  । तत्कालीन आदिवासी–जनजाति महासंघका नेता पासाङ शेर्पा एमाले छाडेर संघीय समाजवादी, नयाँशक्ति अनि माओवादी हुँदै एमालेमै फिर्ता भएका छन् । लक्कीचाहिँ एमाले छाडेर माओवादीमा लागेकी छिन् । यसबीचमा उनी दुई वर्षसम्म अस्ट्रेलियाको राजदूतसमेत बनिन् ।



श्यामसुन्दर शेर्पा त्रिभुवन विश्वविद्यालयका पहिलो शेर्पा प्राध्यापक हुन् । उनी अहिले ८० वर्ष पुग्न लागे । इतिहास र पुरातत्व विभागका उनै प्राध्यापक श्यामसुन्दरकी छोरी हुन् लक्की शेर्पा । धरानको घोपा क्याम्पमा जन्मेकी लक्कीको विद्यालय शिक्षाको सुरुआत धनकुटामा भयो । श्यामसुन्दर धनकुटा बहुमुखी क्याम्पसबाट सुरुवा भएर त्रिवि, कीर्तिपुरमा आएपछि लक्कीले ल्याबोरेटरी स्कुलमा दुई कक्षाबाट पढाइ शुरु गरिन् । आनन्दकुटी विद्यापीठ स्वयंभूबाट एसएलसी पास गरिन् । शंकरदेव क्यापसबाट आइकम गरिन् । र, पाटन बहुमुखी क्याम्पसबाट डीग्री गरिन् ।



लक्की आफ्नो पढाइ र अनुभवबारे भन्छिन्, ‘पाटन क्याम्पसमा टपर भएँ त्यसपछि अन्तरराष्ट्रिय सम्बन्ध पढें । हारवर्डमा पोलिटिकल लिडरसीप डेभलपमेन्ट प्रोग्रामको ट्रेनिङ लिएँ । अहिले सस्टेनेबल इनर्जी म्यानेजमेन्टमा थाइल्याण्डबाट पीएचडी गर्दैछु । हामी हाइड्रोपावरमा वातावरणको कुरा मात्रै गर्छाैं, तर यसबाट जनता कति लाभाविन्वत भएका छन् भन्ने कोणबाट स्कलरसीपमा पीएचडी गर्दैछु ।’



नेकपा एमालेको सभासद बनेर राजनीतिमा इन्ट्री गरेकी लक्की यतिबेला नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागकी सदस्य छिन् । उनी सदस्य रहेको अन्तर्राष्ट्रिय विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ छन् । आखिर लक्की किन एमालेमा लागिन् र सो पार्टी छाडेर किन माओवादी भइन् त ?



राजनीतिबारे सवाल–जवाफ गर्नुअघि अस्ट्रेलियाका लागि नेपाली पूर्वराजदूतसमेत रहेकी शेर्पासँग अस्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीहरू र त्यहाँ कार्यरत नेपाली समुदायका बारेमा चर्चा गरौं–   

विद्यार्थीहरूलाई मेरो के आग्रह छ भने उहाँहरूले पढ्ने र अस्ट्रेलियामा जे उपलब्धि हासिल गर्ने भनेर सोच्नुभएको छ, त्यो हासिल गरेपछि नेपाल फर्किनुपर्छ । चीनले पनि धेरै विद्यार्थीहरू पठाउँछ । तर, उनीहरूले सबैलाई आफ्नै देशमा फर्काउँछ, काम पाउँछन् । तर, अस्ट्रेलियामा गएका नेपालीहरू भने फर्किंदैनन्, उनीहरूको गुनासो नेपाल फर्किएर काम पाइँदैन भन्ने छ ।​

तपाईंले दुई वर्षसम्म राजदूत भएर अस्ट्रेलियामा काम गर्नुभयो । अहिले स्मरण गर्दा अस्ट्रेलियाको राजदूतका रूपमा यहाँले गर्नुभएका मुख्य काम के हो जस्तो लाग्छ ?

त्यो त तपाईंले अस्ट्रेलियामै बस्ने समुदायहरूसित पनि बुझ्न सक्नुहुन्छ । मैले गरेका र मलाई आज ‘मिस’ गरिरहेका कुरा सुन्दा, मैले धेरै नै गरें भन्ने ‘फिल’ हुन्छ । मैले अस्ट्रेलियामा झन्डै १३–१४ रोपनी जग्गा अस्ट्रेलियन सरकारसँग निकै सहुलियत दरमा नेपाली दूतावासको नाममा खरिद गर्न सकें । मेरो आफ्नै हस्ताक्षर त्यो लालपूर्जामा छ । त्यो हाम्रो ठूलो सम्पत्ति हो । अहिले भवन बनाउने प्रक्रिया  अघि बढेको छ ।

अस्ट्रेलियाका विदेशमन्त्रीसँग भेटेर  नेपाली विद्यार्थीहरूका समस्याबारे कुरा राखेको थिएँ । यति धेरै विद्यार्थी नेपालबाट लैजानुहुन्छ भने उनीहरूका लागि राम्रो वातावरण बनाउन अस्ट्रेलियन सरकारले किन चासो दिइरहेको छैन भनेर मैले प्रश्नहरू राखेको थिए । यो कुरा अस्ट्रेलियन सरकारको कानमा राम्रोसँग परेको थियो । अस्ट्रेलियाकै संसद्मा नेपाल–अस्ट्रेलिया संसदीय फोरम पनि गठन भएको छ । त्यतिबेला नेपालमा कृष्णबहादुर महरा सभामुख हुनुहुन्थ्यो, त्यतिबेला उहाँकै नेतृत्वमा संसदीय फोरम गठन भएको थियो । 

नेपाल र अस्ट्रेलियाबीचमा यसरी एउटा संसदीय लेभलको नेटवर्क पनि मैले गराएँ । त्यतिमात्रै नभएर दुई पक्षीय कन्सल्टेन्ट संयन्त्र भनेर नेपाल र अस्ट्रेलियाको कर्मचारीहरूको बीचमा एउटा फोरम नै सिर्जना भएको थियो । हाम्रो ग्याप कहाँ–कहाँ छ, कुटनीतिक सम्बन्धमा हामीले कहाँ–कहाँ काम गर्नुपर्छ, कहाँ कमजोरी छ हाम्रो भन्ने कुरामा नेपाल र अस्ट्रेलियाबीचमा नेपालमै बैठक गरेका थियौं ।

कति विद्यार्थीहरूलाई मैले उद्धार गरेर पठाउनुपर्यो । त्यहाँ आत्महत्या किन बढिरहेको छ ? यो एउटा ज्वलन्त प्रश्न हो । जो विदेशमा गएपछि दुःख गर्नुपर्छ भनेर मानसिक रूपमा तयार भएर जान्छन्, उनीहरूले राम्रो पनि गरेका छन् । जो यहाँ सुख सयलमा हुर्किएका, कसरी खाना पकाउने भन्ने पनि थाहा छैन, उनीहरूले दुःख पाएका छन् ।

अस्ट्रेलियामा हाम्रो दूतावास ८–१० वर्ष मात्र पुरानो हो । म जानुभन्दा पहिले दुईजना राजदूत भइसक्नुभएको थियो । अस्ट्रेलियाबाट हामी आर्थिक लगानी ल्याउने कुरा त गर्छौं । तर, अस्ट्रेलियामा हाम्रो दूतावासले कहिल्यै बिजनेश समिट गरेको रहेनछ । त्यो मैले सुरुवात गराएँ । साथै, मैले आफ्ना कामबारे हरेक ६–६ महिनामा अस्ट्रेलियाका पत्रकारहरूलाई बोलाएर ब्रिफ गर्ने गरेकी थिएँ ।

नेपाली विद्यार्थीहरू अस्ट्रेलिया धेरै नै जाने गरेका छन् । तर, नेपालीहरूले त्यहाँ जागिर नपाउने, फ्रस्ट्रेशन हुने, आत्महत्या गर्ने स्थिति पनि छ भन्ने खबरहरू आउने गरेका छन् । विद्यार्थीहरूमा पनि कलेजका समस्या आइरहन्छन् । नेपाली विद्यार्थीहरूले अस्ट्रेलिया जाँदा ध्यान दिनुपर्ने कुराहरू के हुन् ? पूर्वराजदूतको हिसाबले तपाईंको सुझाव के छ ?  

अस्ट्रेलिया भन्नेबित्तिकै सबै सपना पूरा हुन्छ भनेर जसरी नेपाली विद्यार्थीहरूले सोच्छन्, त्यो गलत छ । त्यहाँ राजदूतका रूपमा रहँदा मैले नेपाली विद्यार्थीहरूले धेरै समस्या भोगेको देखेँ । जे भए पनि अर्काको देशमा सहज हुँदैन । स्टुडेन्ट भिसामा जानेहरू त पढ्नका लागि जाने हुन् । तर, पढ्नका लागि नगएर उनीहरू किन काम गरिरहेका छन् ? किन हातमुख जोड्नका लागि १०–२० घण्टा काम गर्न बाध्य छन् ? यदि, हामीले त्यहाँ हाम्रा विद्यार्थीहरूलाई पढाउन पठाएको हो भने त्यहाँ पढ्ने वातावरण त्यहाँको सरकारले सुनिश्चित गर्नुपर्यो ।

त्यहाँ म छँदै धेरै आत्महत्याका घटना भए । कति विद्यार्थीहरूलाई मैले उद्धार गरेर पठाउनुपर्यो । त्यहाँ आत्महत्या किन बढिरहेको छ ? यो एउटा ज्वलन्त प्रश्न हो । जो विदेशमा गएपछि दुःख गर्नुपर्छ भनेर मानसिक रूपमा तयार भएर जान्छन्, उनीहरूले राम्रो पनि गरेका छन् । जो यहाँ सुख सयलमा हुर्किएका, कसरी खाना पकाउने भन्ने पनि थाहा छैन, उनीहरूले दुःख पाएका छन् ।

त्यसैले आधारभूत कुराहरू चैं छोराछोरीहरूलाई सिकाएर पठाउनुपर्ने हुन्छ । कतिपयले ड्राइभिङ पनि राम्ररी नसिकी जान्छन् । त्यहीकारण दुर्घटनाको दर पनि धेरै छ । स्विमिङ गर्न नजान्नेले सिड्नीको समुद्रमा गएर एकैचोटि हामफाल्नाले दुःखद घटना भएका छन् । कुकिङ, स्विमिङ, ड्राइभिङजस्ता आधारभूत कुराहरू सिकेर जानुपर्छ ।

विद्यार्थीहरूलाई मेरो के आग्रह छ भने उहाँहरूले पढ्ने र अस्ट्रेलियामा जे उपलब्धि हासिल गर्ने भनेर सोच्नुभएको छ, त्यो हासिल गरेपछि नेपाल फर्किनुपर्छ । चीनले पनि धेरै विद्यार्थीहरू पठाउँछ । तर, उनीहरूले सबैलाई आफ्नै देशमा फर्काउँछ, काम पाउँछन् । तर, अस्ट्रेलियामा गएका नेपालीहरू भने फर्किंदैनन्, उनीहरूको गुनासो नेपाल फर्किएर काम पाइँदैन भन्ने छ ।

नेपाल सरकारसँग मैले राजदूत भएका बेला पनि हरेक मन्त्रीहरूसँग भेट हुँदा सोध्ने गर्थेें, ‘तपाईंंहरू नो अब्जेक्सन लेटर दिएर विद्यार्थीहरूलाई पढ्न पठाउनुहुन्छ । तर, उनीहरूलाई फिर्ता ल्याउने नीति चैं के छ ?’उनीहरूले जुन ज्ञान र सीप ल्याएका छन्, त्यसलाई हस्तान्तरण गर्ने नीति के छ ? त्यहाँको एनआरएनका फोरमहरूमा कुरा गर्दा पनि यो कुरा राख्थें । तर, पीआर पाउने, त्यही बस्ने भन्ने मानसिकताले गर्दा धेरै मानिस त्यतै अड्किएर बसेका छन् ।

यसमा दोष कसको ? यहाँबाट विद्यार्थी बनेर जाने, त्यहाँ गएर काम गर्न थाल्ने, अनि अस्ट्रेलियन सरकारलाई मात्रै दोष  दिएर हुन्छ ?

हुँदैन । यो सोचाइ त्याग्नुपर्यो । समस्या हाम्रा अभिभावकहरूमा पनि छ । विद्यार्थीलाई शुल्क तिर्न गाह्रो भइरहेको हुन्छ, अनि पैसा कमाएर पठाओस् भन्ने अभिभावकहरूको माइन्डसेट त भएन नि । विदेशमा पढाउन त अभिभावकले नै पैसा पठाउनुपर्छ । काम नगरेर आमा–बाबुको पैसाले मात्रै पढेको बच्चा पनि त्यति धेरै फरक हुन्छन् भन्ने होइन । त्यहाँ जति पनि राम्रा व्यक्तिहरूको उदाहरण हेर्नुभयो भने उनीहरू दुःख गरेर नै त्यहाँसम्म पुगेका छन् । त्यहाँ भएका हरेक प्रसिद्ध नेपाली अनुहारहरूको कुरा गर्ने हो भने सबैले दुःख गरेका छन् । दुःख नगरी नेपालमा पनि केही हुँदैन, बाहिर पनि हुँदैन । तर, त्यहाँ गएर जीवन तत्कालै परिवर्तन हुन्छ भन्नेचाँही हुँदैन । तर, नेपालबाट विद्यार्थीहरू जुन अनुपातमा त्यहाँ गएका छन्, उनीहरूले आफ्नो क्षमताअनुसार जे हुनुपर्ने हो, त्यो चैं भएको छैन ।

अस्ट्रेलियामा नेपालीहरूलाई त्यहाँको सरकारले निरुत्साहित गर्दैछ कि प्रोत्साहित ? 

विशेषगरी शिक्षण क्षेत्र अस्ट्रेलियाको खर्बौं डलरको उद्योग हो । उनीहरूले त्यसलाई ‘एजुकेशन हब’जस्तै बनाउन खोजेका छन् । त्यही भएर नेपालीका पनि शिक्षण संस्थाहरू त्यहाँ स्थापित छन् । तर, एजुकेशन हब चैं बिजनेसमा मात्रै सोच्यो भने त्यसले राम्रो गर्दैन । त्यो एजुकेशन युरोपमा पनि बिक्री हुन सक्नु पर्यो । त्यो आफ्नै देशमा पनि युज हुन सक्नुपर्यो । हाम्रा नेपाली विद्यार्थी त्यहाँ लाखौंको संख्यामा गएपछि हाम्रो नेपालले पनि फाइदा लिनुपर्यो । त्यो फाइदा लिन नसक्नु हाम्रो आफ्नै कमजोरी हो । यसमा अस्ट्रेलियन सरकारलाई दोष दिनुपर्ने कारण छैन । त्यहाँ उत्पादन भएको विद्यार्थी त्यही रोजगारी गर्नका लागि मात्रै हो भने त तात्विक अर्थ हाम्रो देशलाई राखेन । अहिले नेपाली श्रमिकलाई अरब देशमा हामीले पठाइरहेका छौं । यदि अस्ट्रेलियामा पनि त्यही काम गर्ने हो भने श्रम सम्झौता गरे भइहाल्यो नि । त्यहाँ किन यत्रो लगानी गरेर पठाउने ?

हामीले पीआर पाउन मात्रै किन विद्यार्थीहरू पठाउने ? आफ्नै छोराछोरी आफैसँग टाढा बनाउन किन पठाउने ? नजानु भनेको होइन, जाने । तर, पढाइ सकिएपछि नेपालमै आउने वातावरण सरकारले बनाउनुपर्छ ।

भनेपछि, अस्ट्रेलियाको ‘एजुकेशन हब’मा लगेर नेपाली विद्यार्थीलाई केवल श्रमिक उत्पादन गर्ने रूपमा राख्न भएन । उनीहरूलाई आईटी वा अन्य नयाँ–नयाँ इनोभेसनमा लगाएर युरोप, अमेरिकासँग प्रतिस्पर्धा गर्ने जनशक्ति बनाउनुपर्यो भन्ने तपाईंंको कुरा हो ?

हो ।  हामीलाई नै जनशक्ति चाहिएको छ । अस्ट्रेलियामा बिचरा त्यो न इन्फरमेशन छ । त्यो सेक्टरलाई हामीले यहाँ ल्याउन सक्दैनौं र ?

अस्ट्रेलिया र नेपालको शैक्षिक गुणस्तरमा के–कस्तो फरक पाउनुभयो ?

मलाई कस्तो लाग्छ भने व्यावहारिक शिक्षा सबैभन्दा महत्वपूर्ण हो । टेक्नोलोजीको हिसाबले पनि अहिले अनलाइनका कारण धेरै फरक देख्दिनँ । विदेश नै गइराख्नुपर्छ भन्ने छैन । यहाँ नेपालमै पनि राम्रो शिक्षा पाइन्छ । तर, विदेशमा गएर दुःख पाएर, त्यहाँ आत्महत्या गर्नुपर्ने अवस्था आयो भने त, त्यसभन्दा राम्रो अवस्था त यहीँ हुन्छ नि । त्यसैले यसमा राज्य र अभिभावकहरूले सोच्नुपर्छ । किनभने, हामीले शिक्षाका लागि यदि बच्चाहरूलाई त्यहाँ पठाउँछौं भने त्यो शिक्षा लिएर यहाँ आएर पराक्रम गर्नै कति छन् त ? त्यस्ता साथीहरू धेरै कम हुनुहुन्छ ।

हामीले पीआर पाउन मात्रै किन विद्यार्थीहरू पठाउने ? आफ्नै छोराछोरी आफैसँग टाढा बनाउन किन पठाउने ? नजानु भनेको होइन, जाने । तर, पढाइ सकिएपछि नेपालमै आउने वातावरण सरकारले बनाउनुपर्छ । त्यहाँ जति पनि विद्यार्थी गएका छन्, प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिका रूपमा छन् । उनीहरूलाई ब्युरोक्रेसीलगायत नेपालका हरेक क्षेत्रमा फिट गर्न सक्यौं भने राम्रो हुन्छ । अहिले देशमा संघीयता  लागु भएको छ, हरेक प्रदेशहरूमा त्यस्ता जनशक्ति आवश्यक छन् ।

तर, यसमा देशभित्र वातावरण भएन भनेर सरकारलाई मात्रै दोष दिने कि व्यक्तिको आफ्नै पनि भूमिका हुन्छ ?

यसमा त हामीले सरकारलाई दोष दिनैपर्छ । किनकि ‘नो अब्जेक्सन लेटर’ सरकारले दिन्छ । त्यतिबेला देशमा आएर ६ महिना तिमीले योगदान गर्नुपर्छ, अनि मात्रै तिम्रो सर्टिफिकेटलाई हामी वैधता दिन्छौं भन्न सकिन्छ नि । त्यति भनेपछि पूरै युथफोर्स नेपालमा आएर ६ महिना प्रत्येक प्रादेशिक निकायमा खट्यो भने देश बन्न कति समय लाग्छ होला, भन्नुस् त ? हाम्रो जनशक्तिलाई कसरी परिचालन गर्ने भन्ने कुरामा हामी चुकेका छौं ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूले धेरै राम्रो पनि गरेका छन् । पढाइ सकेर पीआर एप्लाई गर्छन् । त्यसमा उनीहरूको कति लगानी हुन्छ, कति दुःख पाइरहेका हुन्छन् ? नेपालमा राम्रो अवसर पायो भने ऊ फर्केर आउँछ । तर, हाम्रोमा अहिले त्यो वातावरण बनेको छैन । बाहिर पढेर आएका बच्चाहरू, यहाँको हरेक संरचनामा फिट गर्न सक्छौं । आमाबाबु पनि खुसी हुने, व्यवसाय गर्नेहरूलाई हामीले उद्योग मन्त्रालयदेखि अन्यत्र पठाउन सक्छौं । कानून पढेकाहरूलाई सर्वोच्चमा इन्टनर्सिपमा पठाउन सक्छौं । यो कुरा हामीले गर्न सकिरहेका छैनौं । अरबबाटै फर्केर आएको श्रमशक्तिलाई पनि खोइ हामीले प्रयोग गरेको ? कतार, दुबई बनाउन भूमिका खेल्ने लेबर फोर्सलाई हामीले खोइ प्रयोग गरेको ? त्यो ‘कम्पिटेन्ट फोर्स’ लाई नेपाल ल्याउने पोलिसी खोइ हाम्रो ?

अष्ट्रेलियाको सन्दर्भ यति नै । अब यहाँको राजनीतिको कुरो गरौं । राजनीतिमा चाहिँ यहाँको प्रवेश कसरी भयो ?

यसको जवाफ दिनुभन्दा पहिले जागिरे जीवनको कुरा गर्नु उपयुक्त होला । कलेजमा मास्टर्स सक्ने बित्तिकै मैले जागिर शुरु गरें । सुरुमा त म सामाजिक क्षेत्रमै थिएँ । एनजीओमा थिएँ । पछि आदिवासी जनजाति महासंघको सचिव भएर काम गरें । त्योभन्दा अगाडि मानवअधिकार क्षेत्रसँग सम्बन्धित एबीसी नेपालजस्ता एनजीओहरूमा कन्सल्टेन्टका रूपमा काम गर्थें । विशेष गरी ‘मानव बेचबिखनको विरोध, मानव अधिकार र महिलाका ‘ईस्यु’हरूमा एबीसी नेपालबाट मैले करिअर सुरु गरेकी हुँ  ।

त्योबेलाको जनजाति महासंघको चार्म धेरै हाइटमा थियो । हामीसँग वार्ता गर्न त्यतिखेर माओवादी पार्टीका नेतृत्वहरू नै आउनुहुन्थ्यो । प्रचण्ड, देव गुरुङ, सुरेश आलेलगायत धेरैजना आउनुभएको थियो । त्यसबेला अन्तरिम संविधानमा धेरै ईस्यु उठेको थियो । प्रतिनिधित्वका कुरा उठेका थिए । यसमा जनजाति महासंघले एकदमै ठूलो आन्दोलन गरेको थियो । त्यो आन्दोलनको नेतृत्वमा म आफैं पनि थिएँ ।

मैले सोलुखुम्बुमा त्यहाँको ग्रामीण विकासको सन्दर्भमा जिल्ला विकासमा बसेर योजना आयोगको डेभलपमेन्ट एसोसिएट अफिसरका रूपमा पनि काम गरें । त्यो कार्यक्रम त्यहाँको विकास र नीतिगत तहमा भएका कमी कमजोरीहरूका बारेमा केन्द्रित थियो । त्यसबेला माओवादी जनयुद्ध एकदमै उत्कर्षमा थियो । त्योबेला सोलुखुम्बुमा धेरै ठूलो घटना भयो ।

सोलुबाट फर्केपछि मैले काठमाडौंमा एनजीओमार्फत् महिला र जनजातिको ईस्युमा केन्द्रित भएर कन्सल्टेन्सीका कामहरू गरें । त्यतिखेर चेलीबेटी बेचबिखनको इस्यु एकदमै बढेको थियो । धेरै चेलीबेटीहरू बेचबिखनमा परिराखेका थिए । उनीहरूलाई उद्धार गर्नेदेखि लिएर काउन्सिलिङ गर्ने काम मैले तीन/चार वर्ष गरें ।

त्यसपछि म आदिवासी जनजाति महासंघको सचिवमा निर्वाचित भएँ । त्यहाँबाट मैले जनजातिदेखि अल्पसंख्यकका ईस्युहरूमा कामहरू गरें । त्यतिखेर ०६२/०६३ को जनआन्दोलनको माहौल थियो । जनजाति महासंघको टिम पूरै आन्दोलनमा होमियो । जनजाति महासंघबाट कति मान्छेहरू आन्दोलनमा उतार्ने भन्ने हाम्रो दैनिक मिटिङ हुन्थ्यो । त्यसबेला हाम्रो महासचिव डा. ओम गुरुङ हुनुहुन्थ्यो । हामी चार/पाँचजना सचिव थियौं । म, पासाङ शेर्पाजी लगायत साथीहरू टीममा थियौं ।

त्योबेलाको जनजाति महासंघको चार्म धेरै हाइटमा थियो । हामीसँग वार्ता गर्न त्यतिखेर माओवादी पार्टीका नेतृत्वहरू नै आउनुहुन्थ्यो । प्रचण्ड, देव गुरुङ, सुरेश आलेलगायत धेरैजना आउनुभएको थियो । त्यसबेला अन्तरिम संविधानमा धेरै ईस्यु उठेको थियो । प्रतिनिधित्वका कुरा उठेका थिए । यसमा जनजाति महासंघले एकदमै ठूलो आन्दोलन गरेको थियो । त्यो आन्दोलनको नेतृत्वमा म आफैं पनि थिएँ ।

०६२/०६३ को आन्दोलनमा सिंगो जनजातिको इस्युलाई उजागर गर्नमा मेरो आफ्नो पनि भूमिका रह्यो । त्यतिखेरका हरेक पत्रपत्रिकामा हामी हाइलाइटमा हुन्थ्यौं । जनआन्दोलनका कुरा, वातावरणदेखि लिएर महिलाको कुरालगायत हरेक नीति निर्माताहरूले हामीलाई छलफलमा बोलाउँथे । वक्ताका रूपमा हामी जान्थ्यौँ । हाम्रा कुरा ठूल्ठूला नेताहरूले सुन्थे । त्यो खालको माहौलबाट हामी गुज्रिऔं ।

यसै क्रममा ०६२/०६३ को आन्दोलनपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आयो । अनि प्रतिनिधित्वका कुराहरू आए । पहिलो संविधानसभामा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासदका लागि मेरो नाम प्रस्ताव भयो । त्यसपछि मैले एमाले ज्वाइन गरें । म, पासाङजी, लगायत जनजाति आन्दोलनमा लाग्ने साथीहरू, सपना मल्लजी, हामी सबैजना पार्टीभन्दा पनि सिभिल सोसाइटीको सेक्टरको मान्छेका रूपमा संविधानसभामा गयौं ।

एमालेको सभासद बनाउने प्रस्ताव कसले गरेको हो ?

माधव नेपाल कमरेडले प्रस्ताव गर्नुभएको हो ।

पहिलो संविधानसभालाई यहाँले कसरी सम्झनुहुन्छ ?

त्योबेलाको संविधानसभाको चार्म कस्तो थियो, सबैलाई थाहा छँदैछ । म संसदमा राज्य पुनर्संरचना समिति अनि अन्तरराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको पनि सदस्य थिएँ । त्योबेला राज्य पुनसंरचना गर्नुपर्ने कारण के हो, नेपालको भूगोल नमिलेर बनाउन लागेको त होइन भन्ने मलाई अनुभूति हुन्थ्यो । योचाँहि नेपालको जनजाति, वर्ग, सबै क्षेत्रले राज्यमा समान सहभागिता महसुस गर्न पाऊन् भन्नका लागि हामी संघीयतामा जान लागेको भन्ने हाम्रो धारणा थियो । र, त्यही कुरामा हामीले बहस गर्यौं ।

यस क्रममा म आफैंले प्रस्ताव गरेर १० प्रदेशको खाका बनाएकी थिएँ । मचाहिँ पहिलो महिला होला, संघीयताको खाकामा मज्जाले बहस गर्ने । संसदमा यस्ता धेरै कम महिलाहरू थिए, त्योभित्र म पनि पर्छु । पहिलो संविधानमा त्यो किसिमका परिदृश्यहरू देखिए । तर, संविधान बनेन । त्यसपछि दोस्रो संविधानसभाको चुनाव भयो ।

मैले प्रवेश गर्नेबेलामा नेकपा माओवादी टुक्रिएको थियो । वैद्यजीहरू फुट्नुभएको थियो । पार्टी चुनावमा जाने प्लानिङमा थियो, त्योबेलामा मैले प्रवेश गरेको हो । त्यतिखेर मेरो विचारमा शेर्पा हिमाली समुदायबाट पोलिटब्यूरो लेबलसम्म कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य हुने मै पहिलो हुँ जस्तो लाग्छ ।

तर, दोस्रो संविधानसभाको चुनावअघि नै एमाले किन छाड्नुभएको ?

मैले के अनुभूति गरें भने मैले राजनीति गरेको कुनै कार्यकर्ता तहबाट होइन कि मानवअधिकार, सिभिल सोसाइटीका आएकी थिएँ । जहाँ विभेद छ, त्यो विभेदका विरुद्ध मैले राजनीति गरेको हो । त्यो विभेदको कुरालाई सम्वोधनै नगर्ने भनेपछि एमालेभित्र धेरै ठूलो बहस भयो । त्यो बहसपछि अशोक राई, राजेन्द्र श्रेष्ठलगायत धेरै साथीहरूले एमाले छाड्नुभयो । उहाँहरूले संघीय समाजवादी पार्टी नै बनाउनुभयो । एमालेभित्र बस्न मलाई पनि अप्ठ्यारो महसुस भयो ।

समाजवादी पार्टीको नेतृत्व तहमा राख्नका लागि उहाँहरूले धेरैचोटि प्रस्ताव गर्नुभयो । तर, मलाई के महसुस भयो भने आखिर संघीयताको इस्यु, जनजातिको इस्यु, राज्य पुनसंरचनाको ईस्यु, यो त माओवादीले ल्याएको हो नि । त्यसकारण किन अरुतिर जाने ? हामी सबै माओवादीतिर जाऔं भन्ने मेरो प्रस्ताव रह्यो । मैले सबैलाई त भन्न सकिनँ, तर रामचन्द्र झालगायत हामीले छलफल गरेर प्रचण्ड कमरेडसँग माओवादी पार्टीमा हामी जोडिन पुग्यौं । त्यतिखेर अध्यक्ष प्रचण्डले धेरै ‘इन्स्पायर’ गर्नुभयो । तपाईंजस्तो मान्छे, हाम्रो पार्टीमा आउनुपर्छ, तपाईंंहरू जस्तोको लागि नै हामीले युद्ध लडेको भन्ने कुरा गर्नुभयो । राजनीति भन्ने कुरा पहिला मन पर्दैनथ्यो । तर, यस्तो भयो कि अब राजनीति गर्नुपर्ने रहेछ भन्ने आफूलाई पनि भयो । यसरी म नेकपा माओवादीमा प्रवेश गरें ।

मैले प्रवेश गर्नेबेलामा नेकपा माओवादी टुक्रिएको थियो । वैद्यजीहरू फुट्नुभएको थियो । पार्टी चुनावमा जाने प्लानिङमा थियो, त्योबेलामा मैले प्रवेश गरेको हो । त्यतिखेर मेरो विचारमा शेर्पा हिमाली समुदायबाट पोलिटब्यूरो लेबलसम्म कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य हुने मै पहिलो हुँ जस्तो लाग्छ ।

हामीले नीतिगत तहमा अझै पनि धेरै कुराहरू गर्न बाँकी छ । राजनीतिक परिवर्तनहरू त देखिए, तर साँच्चै व्यवहारिकरूपमा जनताले परिवर्तनको महसुस गर्न पाइराखेका छैनन् । सायद, भोलि पाउलान् । तर, आज जुन हिसाबले समावेशी चरित्र हुनुपर्ने हो, त्यो भएको छैन । आज राष्ट्रपति महिला हुनुहुन्छ, दलितका नेताहरू हरेक मन्त्रालयमा देखिन्छन् । ती सबै माओवादी आन्दोलनकै एउटा उपलब्धि हुन् भन्ने मलाई लाग्छ ।  म एमाले हुँदा पनि संसद्मा मैले उठाउने सबै मुद्दा माओवादीले नै स्वामित्व लिनेखालका हुन्थे । पछि म माओवादीमा जानुमा त कुनै अस्वाभाविक विषय नै भएन । मेरो विचार माओवादीसँग मिल्थ्यो ।

चुनावमा प्रचण्डसँगै देश दौडाहामा लाग्नुभयो, तर संविधानसभामा पर्नुभएन नि ?

मलाई धेरै ठाउँका मुख्य सभाहरूमा प्रचण्ड कमरेडले लानुहुन्थ्यो । दोस्रो संविधानसभामा सांसदको समानुपातिकको सूचीमा राखेका पनि थिए ।  तर, विभिन्न कारणले, विशेषगरी संख्या पनि कम थियो र सबैलाई पुर्याउनुपर्ने थियो, त्यसैले परिनँ । तर, पार्टीले मूल्याङ्कन गरेर अस्ट्रेलियाको राजदूत बनायो ।

एमाले अहिले ठूलो भयो, यो मेरो सरोकारको विषय भएन । सिद्धान्तको राजनीति हेर्नुपर्छ भन्ने लाग्छ र यसमा अझै पनि नेकपा माओवादी बलियो लाग्छ । उसले जनताको एजेन्डा बोकेको छ ।  

तपाईंं माओवादीमा त लाग्नुभयो, तर तपाईंले छाडेको एमाले झन् ठूलो भयो । माओवादीमा बेकार लागिएछ जस्तो महसुस भएको छैन ?

म प्रचण्डको बहुआयामिकताबाट निकै प्रभावित भएकी हो । माओवादीलाई यहाँसम्म ल्याउने उहाँ नै हो । माओवादी मात्रै नभएर नेपालको सम्पूर्ण कम्युनिष्ट आन्दोलनमा उहाँको लिडरसिप मलाई एकदम मनपर्छ । तर, उहाँले जे सोच्नुहुन्छ, त्योअनुसार नेपालमा वातावरण छैन । उहाँले पनि एमालेसँग एकता गर्दा फराकिलो रूपमा सोच्नुभएको हो । यो अति राम्रो सोच थियो । तर, त्यसलाई हामीले ‘क्यापिटलाइज्ड’ गर्न सकेनौं । दुईतिहाई सकियो । कम्युनिष्ट फोर्सहरू नै तितर–वितर भए । यी व्यक्तिगत स्वार्थका कारण भए । पार्टीगत र जुनखालको भिजन प्रचण्डमा छ, त्यो बुझेर हामीले गर्न सकेको भए नेपालको जस्तो ठूलो कम्युनिष्ट पार्टी कहीँ पनि हुँदैनथ्यो होला ।

एमाले अहिले ठूलो भयो, यो मेरो सरोकारको विषय भएन । सिद्धान्तको राजनीति हेर्नुपर्छ भन्ने लाग्छ र यसमा अझै पनि नेकपा माओवादी बलियो लाग्छ । उसले जनताको एजेन्डा बोकेको छ ।  विघटन भइसकेको संसद् थियो, संविधान नै ध्वस्त हुन लागि सकेको थियो, त्यो ध्वस्त हुन लागेको संविधानलाई जोगाएर जनताकै एजेन्डामा देशलाई ट्रयाकमा ल्याउन अध्यक्ष प्रचण्ड नेतृत्वले जुन भूमिका खेल्नुभयो, त्यो सायदै नेपालका अन्यले सक्छन् भन्ने लाग्छ । अझै पनि उहाँले जे भूमिका खेलिरहनुभएको छ, नेकपा एमालेसँग फेरि पनि एकता हुन सक्छ । नेकपा एमालेमात्रै होइन, बृहत्तर फोर्सहरूसँग उहाँले एकता गर्ने जुन उहाँको इच्छा छ, त्यो पूरा हुन्छ भन्ने मलाई लाग्छ ।

मेरो धेरै साथीहरू काँग्रेसमा हुनुहुन्छ । बाल्यकालका सबै साथीहरू काँग्रेसमै हुनुहुन्छ भन्दा पनि हुन्छ । उहाँहरूले यो किन कम्युनिष्ट भयो भन्नुहुन्छ । मेरो पारिवारिक पृष्ठभूमि नै कम्युनिष्ट हो । प्रजातन्त्र ल्याउने बेलासम्म पनि किन काँग्रेस र कम्युनिष्ट भयो, प्रजातन्त्रमा एउटै हुनुपर्ने थियो भन्ने मलाई लाग्थ्यो । काँग्रेस साथीहरू, डेमोक्रेटिक फोर्सहरूसँग राम्रो छ । खासै फरक पनि लाग्दैन । तर, सिद्धान्ततः कम्युनिष्टहरू अलि धेरै सामाजिक छन् ।

केपी शर्मा ओलीचाहिँ तपाईंलाई कस्तो लाग्छ ? फर्केर हेर्दा एमाले पार्टी कस्तो लाग्छ ?

नेकपा एमालेको जुनखालको सांगठनिक संरचना छ, पार्टी पंक्ति, कार्यकर्ता जे छ, त्यो लोभलाग्दो छ । त्यो हामी माओवादीले पनि सिक्नुपर्छ र अरु पार्टीहरूले पनि सक्नुपर्छ । तर, अध्यक्ष कमरेड ओलीको जुनखालको प्रवृत्ति छ, अहिले त ओली प्रवृत्ति भनिन्छ, हैकमवादी भइसक्यो । उहाँ आफूबाहेक अरु कसैलाई नमान्ने । उहाँमा दम्भ छ । आखिर त्यसैले सबै सिध्याएको छ, उहाँको त्यही प्रवृत्तिले हो । बाँकी त सबै कुराहरू समयले मिलाउँछ भन्ने लाग्छ । समस्या उहाँको प्रवृत्तिमा हो ।

व्यक्तिगत रूपमा ओली पनि राम्रो हुनुहुन्छ होला, धेरै फरक छैन । तर, उहाँको प्रवृत्तिले आज नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त हुन लाग्यो । आफ्नै साथीभाइलाई सिध्याउने, सानो कुरामा दम्भ राख्ने प्रवृत्तिले ठूलो नोक्सानी व्यहोर्नुपरेको अवस्था छ ।

अनि माधव नेपाल नि ?

उहाँले मलाई राजनीतिमा सधैं प्रोत्साहित गर्नुभयो । सामाजिक क्षेत्रदेखि २०६२/०६३ को आन्दोलन हुँदा बोलाएर सुझाव दिनुहुन्थ्यो । मानवअधिकारवादीहरूलाई बोलाएर सुझाव दिने नेताहरू निकै कम हुनुहुन्छ । उहाँले बोलाएका धेरै बैठकहरूमा म गएँ, संविधानसभाको सुझाव दिने बेलामा पनि म गएँ । मलाई लाग्छ, कार्यकर्ताहरूलाई उहाँले जुन पहुँच दिनुभएको छ । उहाँको जस्तो सिम्प्लिसिटी (सादगीपन) नेपालको कुनै नेतामा पनि छैन । तपाईं अहिले फोन गर्नुस्, उहाँको फोन उठ्छ । बेलुका फोन गर्नुस् उठ्छ । भनेपछि उहाँको जुन ‘एक्सेसिबिलिटी’ छ, त्यो हामी सबैले सिक्नुपर्छ । अति सिम्पल । समयलाई अति महत्व दिने ।

अब माधव नेपाल, प्रचण्ड र केपी ओली फेरि एकै ठाउँ हुने सम्भावना देख्नुहुन्छ ?

देख्छु । अहिले जेसुकै गरे पनि भोलि उहाँहरू एक हुनुहुनेछ ।

तपाईं काँग्रेसचाहिँ किन हुनुभएन ? संगतै भएन कि ?

मेरो धेरै साथीहरू काँग्रेसमा हुनुहुन्छ । बाल्यकालका सबै साथीहरू काँग्रेसमै हुनुहुन्छ भन्दा पनि हुन्छ । उहाँहरूले यो किन कम्युनिष्ट भयो भन्नुहुन्छ । मेरो पारिवारिक पृष्ठभूमि नै कम्युनिष्ट हो । प्रजातन्त्र ल्याउने बेलासम्म पनि किन काँग्रेस र कम्युनिष्ट भयो, प्रजातन्त्रमा एउटै हुनुपर्ने थियो भन्ने मलाई लाग्थ्यो । काँग्रेस साथीहरू, डेमोक्रेटिक फोर्सहरूसँग राम्रो छ । खासै फरक पनि लाग्दैन । तर, सिद्धान्ततः कम्युनिष्टहरू अलि धेरै सामाजिक छन् ।

तपाईं जनजाति आन्दोलनको अगुवासमेत हुनुहुन्छ । तर, अहिले पहिचानको आन्दोलन किन पछि पर्यो ?  संविधान बनाउँदा पहिचानसहितका राज्यहरू किन बन्न सकेनन् ? तपाईंं त जनजाति महासंघको सचिव पनि हुनुभएको मान्छे, पहिचानको आन्दोलन तहसनहस नै भएको हो अब ?

तहस–नहस त हुने नै भयो नि । किनभने, जसले पहिचानको आन्दोलनलाई उठायो, जसले पहिचानको आन्दोलनलाई स्थापित गरायो । उसको कहिले पनि मूल्यांकन नहुने । यो त सबै माओवादी पार्टीले स्थापित गराएको हो । नभए, कहाँबाट आउँथ्यो नेपालमा गणतन्त्र ? माओवादीले सुरुवातदेखि नै मगरात, थरुहट, लिम्बुवान, तमुवानलगायत राज्य भनेर जसरी पार्टी संरचना अघि बढायो, त्यो नगरेको भए कसरी पहिचानको कुरा अघि बढ्थ्यो ? फेरि, यो कुरालाई जातिवादीको रूपमा लिइयो । तर, पहिचानको सवालमा जातिवादी त थिएन, यो त भएका विभेदहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने न हो । त्यही भएर त समावेशीतालाई स्वीकार गरेर अघि बढिएको छ ।

दोस्रो संविधानसभाबाट त हामीले समावेशी चरित्रको संविधान पनि बनाइसकेका छौं । आज यो लेभलमा यहाँसम्म आइपुग्नुमा माओवादी पार्टीको देन छ । तर, यो देनलाई स्वीकार गरिएन । जसले हिजो संघीयता, समावेशिता नै चाहेको थिएन, आज त्यही पार्टीको ठूलो कुरा छ । त्यसैले, आज पहिचानको सबै आन्दोलन तहस–नहस भएको अवस्था छ ।

के यो पहिचानको मुद्दा फेरि उठाउनुपर्छ भन्ने लाग्छ ?

यसमा यस्तो छ, उठाउने नउठाउने भन्दा पनि जनजाति महासंघ कहाँ छ भन्ने हो । जनजाति महासंघ कहाँ छ भन्ने त देखेको छैन । उहाँहरू त्यति एक्टिभ देखेको छैन । म हाल जनजाति मुभमेन्टमा पनि छैन, म पार्टी मुभमेन्टमा छु । मैले कुरा गर्दा ‘बायसनेस’ पनि आउँछ होला । मैले त माओवादीका पक्षमा मात्रै कुरा गर्छु होला । मैले त पोलिटिकल एजेन्डाका कुरा मात्रै गर्छु होला । जुनबेलामा जनजाति महासंघमा थिएँ, त्यतिबेला त मैले बोलें । मेरो आफ्नो भूमिका, मेरो क्षमता, मेरो कार्यकालमा यसलाई मैले धेरै माथिसम्म उठाएको थिएँ ।

अहिलेका साथीहरूले पनि त्यो विश्लेषण गरेर, कहाँ कमजोरी भयो, त्यो त उहाँहरूले समीक्षा गर्नुपर्यो । अहिले त पार्टीमा मेरो भूमिका अन्तर्राष्ट्रिय क्षेत्रको जिम्मा पार्टीले दिएको छ । अन्तर्राष्ट्रिय विभागको सदस्य छु । अन्तर्राष्ट्रिय विभागमा कमरेड नारायणकाजी श्रेष्ठ प्रमुख हुनुहुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीले गरेका राम्रा अभियान र राम्रा कुरा पुर्‍याउनमा मेरो भूमिका रहन्छ ।

आगामी चुनाव लड्ने मुडमा हुनुहुन्छ ?

अब राजनीति नै गर्ने हो । पार्टीले जिम्मेवारी दियो भने म लड्छु । पछि हट्दिनँ । पार्टीले जिम्मेवारी दिनुपर्यो म तयार छु ।

पार्टीले फेरि राजदूतको जिम्मेवारी दियो भने नि ?

त्यो चैं पार्टीको कुरा हो । पहिला पनि मैले राजदूत बनाऊ भनेर भनेको थिइनँ । पार्टीको जिम्मेवारी, पार्टीको पोलिसी के हुन्छ भनेर पार्टीले नै गर्ने कुरा हो । जिम्मेवारी दियो भने मैले नाइँ भन्ने कुरा हुँदैन । तर, अब यो पार्टीको निर्णयको कुरा हो । यसमा मैले यो बनाऊ, त्यो बनाऊ भनेको छैन ।

अन्त्यमा, अहिले राष्ट्रिय जनगणना भइरहेको छ । जनगणनाबारे शेर्पा समुदायलाई के सन्देश दिन चाहनुहुन्छ ?

हामी शेर्पामात्रै हो । थरहरू भन्दा पनि शेर्पा नै हो । जनगणनामा चसबैजना सहभागी हुनुस् । कोही नछुटौँ । आफ्नो यथार्थ विवरण दिनुस्, यसले देशको परिस्थिति, सबै राम्रो भए भोलि नीति निर्माण तहमा पनि सजिलो हुन्छ । र, हामी यति छौं भन्ने पनि गणना हुन्छ । अहिले शेर्पा समुदाय र अन्य जनजातिको गणना गर्ने कुरा गर्यो भने निकै सतही तथ्याङ्क छन्, जनजातिहरूले यसलाई मिथ्याङ्क भन्छन् । त्यो मिथ्याङ्क हो भने पनि अहिले सच्याउने अवसर आयो ।

कमेन्ट

  1. Nov. 22, 2021, 8:24 p.m. Gautam Lamichhane
    dherai ramro lagyo Lucky Sherpa jee jasto Leaderko khancho Nepalma chha .
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।