शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब अनलाइनबाटै चिकित्सकको समय लिन सकिने

सोमबार, ०६ मङ्सिर २०७८, १७ : ४४
सोमबार, ०६ मङ्सिर २०७८

मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन मिल्ने व्यवस्था मिलाएको छ । आईएमई समूहले सञ्चालन गरेको मिदास टेक्नोलोजीले यस्तो व्यवस्था मिलाएको हो । यो सेवामार्फत सेवाग्राहीले बीर, सिभिल सर्भिस अस्पताल र मनमोहन कार्डियोका चिकित्सकसँग मोबाइलबाटै अपोइन्टमेन्ट लिन सकिने छ । 

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा भिडभाड नहुने कम्पनीको विश्वास छ । यस्तै, ग्राहकले पनि अस्पतालको अनावश्यक र झन्झिटिलो प्रक्रियाबाट छुट पाउने बताइएको छ । सेवाग्राहीले यो सेवा सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मेरो डाक्टर डटकमको वेभसाइटमार्फत लिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप