शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रचण्डले मधेसलाई पटकपटक धोका दिएको प्रभु साहको आरोप

सोमबार, ०६ मङ्सिर २०७८, १७ : ३६
सोमबार, ०६ मङ्सिर २०७८

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले माओवादी अध्यक्ष प्रचण्डले मधेसलाई पटकपटक धोका दिँदै आएको आरोप लगाएका छन् । रौतहटको विजयपुरमा आयोजित नेकपा एमाले फतुवा विजयपुर प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले आफू टिकिरहन प्रचण्डले सुरुदेखि अहिलेसम्म मधेसलाई धोका दिँदै आएको दाबी गरे ।

 प्रचण्डले कहिले एक मधेश प्रदेश बनाउने, कहिले पाँच टुक्रा बनाउने, कहिले पहिचान सहितको एक प्रदेश बनाउने भनेर अन्तिममा कांग्रेस र एमाले दुई प्रदेश बनाउन भन्दा समेत पहाडमा जोडेर मधेसलाई एक प्रदेशमा सीमित गरेको नेता साहको आरोप छ । 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश २ का सहइन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, प्रदेश अध्यक्ष ज्वाला साह, रौतहट जिल्ला अध्यक्ष तुलसी राज गिरी,सचीव मनोज यादवलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप