सप्तरी उद्योग संघमा अग्रवाल निर्वाचित
सोमबार, ०६ मङ्सिर २०७८, १७ : २८
सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । उनी संघको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा ७४६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । यस्तै, संघको उपाध्यक्षमा रमेशकुमार शाह र दुर्गानन्दप्रसाद शाह निर्वाचित भएका छन् । यसैगरी, संघका महासचिव पदमा अमृतकुमार सचेती निर्वाचित भएका छन् ।
संघको सचिव पदमा सुरेन्द्र रिमाल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा निर्वाचित भएका छन् भने सदस्यमा सचिन्द्र दास, सुरेन्द्र साह, सन्तोष सिन्हा, कमलप्रसाद शाह, डिल्लीप्रसाद गुप्ता र सञ्जय पूर्वेले चयन भएका छन् । यसैगरी, संघको महिला सदस्यमा अम्बिका दाहाल निर्वाचित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री