बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सप्तरी उद्योग संघमा अग्रवाल निर्वाचित

सोमबार, ०६ मङ्सिर २०७८, १७ : २८
सोमबार, ०६ मङ्सिर २०७८

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । उनी संघको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा ७४६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।  यस्तै, संघको उपाध्यक्षमा रमेशकुमार शाह र दुर्गानन्दप्रसाद शाह निर्वाचित भएका छन् । यसैगरी, संघका महासचिव पदमा अमृतकुमार सचेती निर्वाचित भएका छन् ।

संघको सचिव पदमा सुरेन्द्र रिमाल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा निर्वाचित भएका छन् भने सदस्यमा सचिन्द्र दास, सुरेन्द्र साह, सन्तोष सिन्हा, कमलप्रसाद शाह, डिल्लीप्रसाद गुप्ता र सञ्जय पूर्वेले चयन भएका छन् । यसैगरी, संघको महिला सदस्यमा अम्बिका दाहाल निर्वाचित भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप