शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

महिनाको शुरुवातमै लाग्यो बैंकहरुलाई झड्का, निक्षेप संकलन ७ अर्बले घट्यो

सोमबार, ०६ मङ्सिर २०७८, १७ : २३
सोमबार, ०६ मङ्सिर २०७८

वाणिज्य बैंकहरुलाई मंसिर महिनाको शुरुवातमै झड्का लाग्न पुगेको छ । अघिल्लो हप्ताको तुलनामा महिनाको पहिलो हप्ता नै बैंकहरुको निक्षेप संकलन ७ अर्बले घट्न पुगेको हो ।  नेपाल बैंकर्स संघले सोमबार जारी गरेको रिपोर्टअनुसार गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म २७ वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप गुमाउँदै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । 

अघिल्लो हप्ता अर्थात् कात्तिक २६ गतेदेखि ३० गतेसम्म बैंकहरुले कुल ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, यस हप्ता ७ अर्बले निक्षेप कम उठेको संघले जनाएको छ । तर,यता सोही अवधिमा कर्जा लगानीतर्फ भने थप बढोन्नति आएको संघले जनाएको छ । समीक्षा अवधिमा ७ अर्बले निक्षेप संकलन घट्दै गर्दा यता कर्जा मागमा ७ अर्बले नै बढेको छ । 

संघकाअनुसार अघिल्लो हप्ता अर्थात् कात्तिक २६ गतेदेखि ३० गतेसम्म कुल ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले यसहप्ता ७ अर्बले कर्जा लगानी बढाउँदै कुल ४० खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप