महिनाको शुरुवातमै लाग्यो बैंकहरुलाई झड्का, निक्षेप संकलन ७ अर्बले घट्यो
वाणिज्य बैंकहरुलाई मंसिर महिनाको शुरुवातमै झड्का लाग्न पुगेको छ । अघिल्लो हप्ताको तुलनामा महिनाको पहिलो हप्ता नै बैंकहरुको निक्षेप संकलन ७ अर्बले घट्न पुगेको हो । नेपाल बैंकर्स संघले सोमबार जारी गरेको रिपोर्टअनुसार गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म २७ वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप गुमाउँदै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् ।
अघिल्लो हप्ता अर्थात् कात्तिक २६ गतेदेखि ३० गतेसम्म बैंकहरुले कुल ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, यस हप्ता ७ अर्बले निक्षेप कम उठेको संघले जनाएको छ । तर,यता सोही अवधिमा कर्जा लगानीतर्फ भने थप बढोन्नति आएको संघले जनाएको छ । समीक्षा अवधिमा ७ अर्बले निक्षेप संकलन घट्दै गर्दा यता कर्जा मागमा ७ अर्बले नै बढेको छ ।
संघकाअनुसार अघिल्लो हप्ता अर्थात् कात्तिक २६ गतेदेखि ३० गतेसम्म कुल ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले यसहप्ता ७ अर्बले कर्जा लगानी बढाउँदै कुल ४० खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण