महिनाको शुरुवातमै लाग्यो बैंकहरुलाई झड्का, निक्षेप संकलन ७ अर्बले घट्यो

वाणिज्य बैंकहरुलाई मंसिर महिनाको शुरुवातमै झड्का लाग्न पुगेको छ । अघिल्लो हप्ताको तुलनामा महिनाको पहिलो हप्ता नै बैंकहरुको निक्षेप संकलन ७ अर्बले घट्न पुगेको हो । नेपाल बैंकर्स संघले सोमबार जारी गरेको रिपोर्टअनुसार गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म २७ वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप गुमाउँदै कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् ।
अघिल्लो हप्ता अर्थात् कात्तिक २६ गतेदेखि ३० गतेसम्म बैंकहरुले कुल ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, यस हप्ता ७ अर्बले निक्षेप कम उठेको संघले जनाएको छ । तर,यता सोही अवधिमा कर्जा लगानीतर्फ भने थप बढोन्नति आएको संघले जनाएको छ । समीक्षा अवधिमा ७ अर्बले निक्षेप संकलन घट्दै गर्दा यता कर्जा मागमा ७ अर्बले नै बढेको छ ।
संघकाअनुसार अघिल्लो हप्ता अर्थात् कात्तिक २६ गतेदेखि ३० गतेसम्म कुल ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले यसहप्ता ७ अर्बले कर्जा लगानी बढाउँदै कुल ४० खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते