न्यायपालिकाभित्र देखिएको विवाद तत्काल समाधान हुनुपर्छः कोइराला
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले न्यायपालिकाभित्र देखिएको विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिएका छन् । तत्काल विवाद समाधान नभए लोकतन्त्रनै धराप पर्नसक्ने उनको चेतावनी छ । नेता कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाभित्र देखिएको विवाद समाधानका लागि निकास खोज्नुपर्नेमा पनि जोड दिए ।
सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘न्यायपालिकाभित्र देखिएको विवाद समाधानका लागि प्रधानन्यायाधीश जिम्मेवार रहनुभएको छ । समस्या निकासपनि प्रधानन्यायाधीशको हातमा छ ।’
अर्को प्रशंगमा कोइरालामा संस्थापन पक्षले जारी अधिवेशनको नेतृत्व छनौटमा धाँधली गरेको आरोप लगाए । आसन्न महाधिवेशनमा पार्टी सभापतिका आकांक्षी समेत रहेको कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा कतिपय स्थानमा पुलिस प्रशासन लगाएर अधिवेशन गर्ने काम भएको बताए ।
‘संस्थापन पक्षले क्षेत्रमा भएका अधिवेशन जतिनै निष्पक्ष र धाँधलीरहित भनेपनि यो भएको छैन भन्ने कुरामा पनि त्यतिकै सत्यता छ’, कोइरालाले भने,‘जिल्लामा भएका अधिवेशनका क्रममा डडेलधुरा, बैतडी, सर्लाही लगायतका स्थानमा संस्थापन पक्षका साथीहरु मारपिटमा उत्रिनु भएको सप्रमाण धेरै छन्। पुलिस प्रशासन र गुण्डागर्दी लगाएर अधिवेशन गराइन्छ भने हामीले के सन्देश दिन खोजेका छौँ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण