एमाले महाधिवेशनका लागि नारायणी किनारमा यसरी हुँदैछ धमाधम काम (फोटो/भिडियो)
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन मिति नजिकिँदै गर्दा चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा मञ्च व्यवस्थापनको कामलाई तीब्र पारिएको छ । विभिन्न प्रकारका निर्माण उपकरणको सहयोगमा नदी किनारको खुला भागलाई सम्याउने, पुर्ने तथा मञ्च व्यवस्थापनका लागि भौतिक संरचना निर्माणका लागि धमाधम काम भइरहेको छ ।
महाधिवेशन आयोजक कमिटी अन्तर्गत मञ्च व्यवस्थापनको जिम्मा लिएको समितिले ५० जना बढी स्वयंसेवक एवम् मजदूर प्रयोग गरेर उद्घाटनस्थलको व्यवस्थापन गर्दैछ । गत मंसिर १ गतेदेखि थालिएको मञ्च व्यवस्थापनको काम ५० प्रतिशत हाराहारी सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
बगरमा रहेको खाल्डाखुल्डी पुर्ने काम सकिएको छ नदीको तिरमा स्टेज निर्माणको कामलाई अघि बढाइएको छ । डोजर,ट्याक्टर,लोडर लगायतका निर्माण उपकरणले धमाधम काम गरिएको छ । जमिनलाई सम्म पार्ने, पानी हालेर धुलो हराएपछि त्यसमाथि कार्पेट राख्ने तयारी गरिएको यूवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीले बताए ।
उद्घाटनस्थल निर्माण तथा व्यवस्थापनका लागि चितवनका स्थानीय नेताहरु पनि सहयोगका लागि मैदानमा खटिएका छन् । यही मंसिर १० गते हुने उद्घाटन सत्रमा ५ लाख जनता अट्नेगरी मञ्च व्यवस्थापनका लागि केन्द्रीय कमिटीको टोलीलाई सहयोग गरिरहेको चितवन जिल्ला सचिवालय सदस्य कमल पाठकले बताए ।
पाँचौ महाधिवेशनदेखि एमाले महाधिवेशनको मञ्च व्यवस्थापनको काम गर्दै आएका केन्द्रीय सदस्य विनोद श्रेष्ठले मञ्च सजावट आकर्षक पारिने बताए । उनले पछिल्लो प्रविधिको समेत प्रयोग गरिने बताउँदै नारायणी नदी पारीको किनारमा समेत एलसिडी बोर्ड राखिने जानकारी दिए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण