बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

जस्टिन बिबरलाई पत्रकार जमाल खग्गोशीकी प्रेमिकाको अपिल, ‘हत्याराका लागि नगाऊ’

सोमबार, ०६ मङ्सिर २०७८, १६ : ०३
सोमबार, ०६ मङ्सिर २०७८

पप स्टार जस्टिन बिबरले अर्को महिना साउदी अरबमा आफ्नो प्रस्तुती दिँदैछन् । तर यो समारोहमा आफ्नो प्रस्तुती नदिन मानिसहरुको अपिल बढ्दो छ । यीमध्ये एक आग्रह दिवंगत पत्रकार तथा साउदी अरब शासनका आलोचक जमाल खग्गोसीकी प्रेमिकाले गरेकी छिन् ।

जमाल खग्गोसीलाई गोली हानी हत्या गरिएको थियो । साउदी अरबले उनको हत्या गरेको आरोप छ । यसैबीच खग्गोसीकी प्रेमिका हेटिस केङ्गिसले अपिल गर्दै एक खुला पत्र पनि लेखेकी छिन् । स्मरण रहोस्, जस्टिन ५ डिसेम्बरमा साउदी अरबको जेद्दाह शहरमा फर्मूला वन रेसमा आफ्नो प्रस्तुती दिनेछन् ।

हेटिस केंडिसको खुला पत्रः

द वासिङ्टन पोस्टले हेटिस केङ्गिसकाृ पत्र प्रकाशित गरेको छ । यसमा उनले लेखेकी छिन्, ‘म जस्टिन बिबरसँग आग्रह गर्छु कि उनले साउदीमा हुने आफ्नो प्रस्तुतीलाई रद्द गरेर संसारको सामू एउटा शक्तिशाली सन्देश दिउन् । आलोचकको हत्या नै गरिदिने शासनको प्रतिष्ठाको बखान गर्न आफ्नो नाम र प्रतिभाको उपयोग उनले नगर्ने भन्ने सन्देश दिनुपर्छ । हत्याराको अगाडि प्रस्तुती नदेऊ । कृपया मोहम्मद बिन सलमानको निन्दा गर किनभने तपाईंको आवाज करोडौंले सुन्छन् ।’

साउदीका आलोचक तथा पत्रकार जमाल खग्गोसीको हत्यापछि सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा एक गोप्य रिपोर्ट जारी गरेका थिए । यसमा जमालको हत्याको आरोप साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथि पनि लगाइएको थियो । यद्यपि, युवराजले यो आरोप ठाडो अस्विकार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप