काँग्रेस अधिवेशन : मकवानपुर–१ को सभापतिमा खनाल निर्विरोध
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेशनमा खनाल सभापतिमा निर्विरोध चयन भएका हुन् ।
सभापति पदका अर्का उम्मेदवार धर्म लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिए । खनाल मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
दाहालका अनुसार कार्यसमितिको सचिव बाहेकका सबै पदमा सहमतिबाटै नेतृत्व चयन गरिएको छ । सचिव पदमा भने निर्वाचन हुने भएको छ ।
सचिवमा खनाल प्यानलबाट कविन संगामी र दोर्जे लामा स्याङ्तान उम्मेदवार छन् भने रमेश ढकालले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन् । सचिव पदका लागि केही बेरमा मतदान प्रक्रिया सुरु गर्ने मतदान अधिकृत दाहालले बताए ।
त्यस्तै क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध चयन भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छन् ।
जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा चयन भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान चयन भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ भने १८ जना सर्वसम्मत चयन भएको र खुल्लातर्फको ७ वटामा निर्वाचन हुने भएको मतदान अधिकृत दाहालले बताए ।
कार्यसमितिमा २५ जना र महाधिवेशन प्रतिनिधि २५ जना गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट कुल ५० जना निर्वाचित हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती