बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेफोडोक्साइम प्रोसेटिल औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता

सोमबार, ०६ मङ्सिर २०७८, १५ : ३७
सोमबार, ०६ मङ्सिर २०७८

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई बजारबाट फिर्ता गरेको छ । विभागले केमिड्रग ईण्डष्ट्रिज प्रालिको औषधि गुणस्तरहीन भएको भन्दै औषधि विक्री वितरणमा रोक लगाएको हो । बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा सेपोब्याक्ट ड्राई सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामको औषधि न्यून गुणस्तरको फेला परेको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागले सो औषधि आयातकर्ता र तिनका प्रतिनिधिलाई सेपोब्याक्ट ड्राई सिरप औषधि फिर्ता गर्न निर्देशन दिएको छ । यस औषधिले ब्याक्टेरिया फैलाउनबाट रोक्न सहयोग गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप