नेप्से परिसूचक ७.९० अंकले वृद्धि
साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ ।
आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो। आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।
आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ ।
त्यस्तै,माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८,विकास बैंक ३४.९९ ,उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ । आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार पनि सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्था छ । मानुषीको शेयर १० प्रतिशतले बढेको छ ।
त्यस्तै, चन्द्रगिरी हिल्स,एनआईबिल प्रगति फन्ड, खानीखोला हाइड्रो पावर र नेपाल इन्स्योरेन्सको शेयर मूल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी,कालिका पावर कम्पनी,सगरमाथा इन्स्योरेन्स र रिलायन्स फाइनान्स कम्पनी रहेका छन् । कारोबार रकमका आधारमा आज महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
-
देउवाले लिए मन्त्रालयको ब्रिफिङ, अध्यादेशबारे छलफल
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त नेताहरूलाई व्यवस्थापन गर्न बनेको कार्यदलको प्रतिवेदन अन्तिम चरणमा
-
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
-
सैफमाथि ६ पटक चक्कु प्रहार, शल्यक्रिया गरियो
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको विज्ञ सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने