रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
सोमबार, ०६ मङ्सिर २०७८, १५ : २७
![रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ६२ वर्षीय लोधलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ बर्सौली बस्ने ३५ वर्षीया बासमती केवट मृत अवस्थामा फेला परेकी छन् । उनी घरमै मृतावस्थामा फेला परेकी हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर
-
देउवा र ओली मध्यरातमा पुगे शीतल निवास
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा
-
रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते