बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप

सोमबार, ०६ मङ्सिर २०७८, १५ : ०८
सोमबार, ०६ मङ्सिर २०७८

सरकारले सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिएको भएको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रुपमा गर्भवती महिलालाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो । यस्तै, सरकारले  १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेको छ । प्राथमिकता परेकाहरुलाई मात्रै खोप दिँदै आएको सरकारले १८ वर्ष माथिका नागरिकलाई खोप दिन सुरु गरेको हो ।

खोप लगाउन छुटे सबै नागरिकलाई खोप केन्द्र गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । दुई तिहाइ लक्षित जनसङ्ख्यालाई आउँदो पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ । यस्तै आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप