आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ : महिलालाई सरकारमा सामेल नगरेको भन्दै प्रदेशसभा सदस्य मञ्जु यादव असन्तुष्ट

सोमबार, ०६ मङ्सिर २०७८, १४ : ५९
सोमबार, ०६ मङ्सिर २०७८

प्रदेश २ को सरकारमा महिलालाई समावेश नगरिएको भन्दै प्रदेशसभा सदस्य मञ्जुकुमारी यादवले असन्तुष्टि जनाएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य यादवले प्रदेश सरकारमा आफ्नो पार्टी सामेल भएको एक दिन नबित्दै समावेशिताको मुद्दा उठाएकी हुन् ।

प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्नसमेत गरेकी छन् । मुख्यमन्त्री राउतले संविधानलाई कागजको खोस्टा बनाएको उनको आरोप छ । 

समाजिक सञ्जालमा प्रदेशसभा सदस्य यादवले लेखेकी छन्, ‘जुन संविधानको आधारमा लालबाबु राउतजी मुख्यमन्त्री बन्नुभएको छ, त्यही संविधानलाई कागजको खोस्टो बनाइदिनुभएको छ । वर्तमान उहाँको क्याबिनेटमा महिला नहुनु यो लज्जाको विषय हो कि होइन ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप