शिल्पा शेट्टीको विवाहको १२ वर्ष, सेयर गरिन् राजकुन्द्रासँगका तस्बिर
१२ वर्ष अघि आजकै दिन शिल्पा शेट्टी र राज कुन्द्रा विवाह बन्धनमा बाँधिएका थिए । वैवाहिक वर्षगाँठको मौकामा शिल्पाले श्रीमान् राज कुन्द्राका लागि एउटा सुन्दर पोस्ट सेयर गरेकी छिन् । पुराना दिन स्मरण गर्र्द उनले तस्बिरसँग एउटा मेसेज पनि लेखेकी छिन् । राजका लागि लेखिएका शिल्पाको मेसेजले केही समयमा नै धेरैको ध्यान आकर्षित गरेको छ ।
वर्षगाँठमा शिल्पाको पोस्टः
शिल्पा शेट्टी र राज कुन्द्राको विवाह सन् २००९ मा भएको थियो । जीवनका विभिन्न मोडलाई स्मरण गर्दै शिल्पा शेट्टीले फोटो सेयर गरेकी छिन् । शिल्पाले लेखेकी छिन्, ‘१२ वर्ष अघि यहि मौकामा हामीले एक–अर्कालाई सुख, दुःखमा साथ दिने, प्रेम र विश्वासको बचन दिएका थियौं । साथै, हामीले भगवानसँग हरेक दिन बाटो देखाउन पनि भनेका थियौं । १२ वर्ष । ह्याप्पी एनिभर्सरी कुकी (राज कुन्द्रा) ।’
विवाहको वर्षगाँठको पोस्टमा शिल्पा शेट्टीले उनका सबै प्रशंसक र शुभचिन्तकलाई धन्यवाद व्यक्त पनि गरेकी छिन् ।
सम्बन्धविच्छेदको अडकल बाजीमा लाग्यो ब्रेकः
केही महिना अघि जब राज कुन्द्रा पोर्नोग्राफी केसमा जेलमा थिए तब शिल्पाले राजसँग सम्बन्धविच्छेद गर्न लागेको खबर थियो । भारतीय सञ्चार माध्यमले विभिन्न अड्कलबाजी गरिरहेका थिए । आज शिल्पा शेट्टीले विवाहको तस्बिर पोस्ट गरेर विभिन्न अड्कललाई खारेज गरिदिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ