सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

सोमबार, ०६ मङ्सिर २०७८, १४ : ५३
सोमबार, ०६ मङ्सिर २०७८

महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु, हङकङले नेपाललाई अतिरिक्तमा २७ रन दिएको थियो । हङकङका लागि बेट्टी चान र करी चानले एक÷एक विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङका मारिको हिलले अविजित ४३, करी चानले १७, नताशाले १६ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप