राप्रपा अध्यक्षको दौडबाट ब्याक भए धवल, प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिने लिङ्देनको तयारी
राप्रपाको आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
युवा पुस्ताले नेतृत्व हातमा लिनुपर्ने पक्षमा रहेका दुबै नेताबीच यो महाधिवेशनबाट सहकार्य हुन लागेको हो । सोही क्रममा लिङ्देनलाई सघाउन राणाले उम्मेदवारी नदिने सहमति भएको हो । राप्रपामा दुबै नेता युवापुस्तामाझ लोकप्रिय मानिन्छन् ।
स्रोतका अनुसार राजेन्द्रले मंसिर ९ गते पत्रकार सम्मेलन गरेर प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । लिङ्देनको टिममा राणा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ । रातोपाटीसँग कुराकानी गर्दै लिङ्देनले आफूले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको र केही दिनमै उम्मेदवारी घोषणा गरिने बताए ।
विगतमा अध्यक्ष कमल थापा निकट रहेका लिङ्देनको अध्यक्षमा उम्मेदवारी दिने तयारीले राप्रपामा तरंग उत्पन्न भएको छ । थापा पनि अध्यक्षको दौडमा रहेका छन् भने पशु्पति शमशेर राणा र पशुपति शमशेर पनि अध्यक्षको आकांक्षी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण