सानिया मिर्जाको छोराको स्वास्थ्य स्थिति बिग्रियो, खेल छोडेर दुबई पुगे शोएब मलिक
पाकिस्तानका अनुभवी अलराउन्डर शोएब मलिक आफ्नो छोरा बिरामी भएका कारण सोमबार बंगलादेशविरुद्ध तेस्रो र अन्तिम टी२० अन्तर्राष्ट्रिय खेलमा उत्रिन सकेनन् । शोएब मलिकको साटो इफ्तिखार अहमदलाई प्लेइङ इलेभेनमा समावेश गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शोएब मलिकको विषयमा जानकारी दिएको छ ।
शोएबले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका छन् । अप्रिल सन् २०१० मा हैदराबादमा एक पारम्परिक समारोहमा शोएब र सानिया विवाह बन्धनमा बाँधिएका थिए । विवाहको १० वर्षपछि उनीहरुका छोरा इजहानको जन्म भएको थियो ।
पीसीबीको तर्फबाट जारी बयानमा भनिएको छ, ‘शोएब मलिक आफ्नो छोरा बिरामी भएका कारण सोमबार बंगलादेशविरुद्ध तेस्रो र अन्तिम टी२० म्याच खेल्न पाउने छैनन् र उनी म्याच अघि दुबईका लागि प्रस्थान गर्नेछन् ।’
टी२० विश्वकप सन् २०२१ मा पाकिस्तान टीमको सेमिफाइनलसम्म यात्रामा शोएब मलिकको पनि महत्वपूर्ण भूमिका छ । मलिकले न्यूजिल्याण्ड एवं अफगानिस्तानविरुद्ध खेलमा उपयोगी योगदान दिएका थिए ।
त्यसपछि स्कटल्याण्डविरुद्ध अन्तिम लीग प्रतिस्पर्धामा १८ बलमा अर्धशतक बनाए । हालको टी२० सिरिजमा मलिकले पहिलो प्रतिस्पर्धामा ब्याटिङको मौका पाएका थिए, जहाँ उनले आफ्नो खाता खोल्न सकेका थिएनन् ।
टी२० सिरिजको समाप्तिपछि पाकिस्तान र बंगलादेश विश्व टेस्ट च्याम्पियनशीपअन्तर्गत दुई म्याच खेल्नेछन् । यो सिरिजको पहिलो टेस्ट चटगांव (शुक्रबारदेखि), जबकी दोस्रो टेस्ट ढाका (चारदेखि आठ डिसेम्बर) मा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्वासी बस्तीमा खोलाको पानी पसेपछि...
-
भयङ्कर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् : भीम रावल
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार
-
म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
-
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा