बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन

सोमबार, ०६ मङ्सिर २०७८, १४ : २१
सोमबार, ०६ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । 

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए । 

माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको छन् । 

यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानी प्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र बाँकी ३ वडाको भइरहेका छन् ।

चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको छ । 

यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको बाँकी तयारी भइरहेका नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।  माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो । 

यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय, सेल कमिटी १५ जनाको गठन गरिएको छ । पूर्वराज्यमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप