शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तु र दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

सोमबार, ०६ मङ्सिर २०७८, १४ : ०५
सोमबार, ०६ मङ्सिर २०७८

कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको  वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा  बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ  । त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ बहुला खोलास्थित सडकमा लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका टेवा बस्ने २२ वर्षीय लोकबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप