सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चीन : यौन उत्पीडनको आरोप लगाएपछि ‘हराएकी’ महिला खेलाडी सार्वजनिक, भनिन्, ‘सुरक्षित छु’

सोमबार, ०६ मङ्सिर २०७८, १३ : ४१
सोमबार, ०६ मङ्सिर २०७८

चीनकी टेनिस खेलाडी पेंग शुआईले आइतबार एक भिडियो कलमा आफू पूर्ण रुपमा सुरक्षित र स्वस्थ भएको  जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)ले पेंगले आफूलाई यसबारे बताएको जानकारी दिएको छ ।

आइओसीले एक बयान जारी गरेर आईओसीका अध्यक्ष थोमस ब्याशले पेंग शुआईसँग ३० मिनेटसम्म कुरा गरेको बताएको छ ।

बयानमा भनिएको छ, ‘उनी ठिक छिन् । उनी कुन हालतमा छिन् भने हामीलाई असाध्यै चिन्ता लागेको थियो ।’

केही समय अघि ३५ वर्षकी पेंग शुआईले चीनका एक वरिष्ठ मन्त्रीविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यसको लगभग तीन हप्तासम्म उनी सार्वजनिक रुपमा देखिइनन् । उनी सबैको नजरबाट हराएकी थिइन् । तत्पश्चात् विभिन्न आशंका जताइँदै थियो ।

सार्वजनिक रुपमा नदेखिएपछि अन्तरराष्ट्रिय खिलाडी र थुप्रै मानिसहरुले चीनलाई उनी सुरक्षित भएको प्रमाण पेश गर्न भनेको थियो ।

आईओसीले आफ्नो बयानमा भनेको छ, ‘३० मिनेटको यो भिडियो कलामा पेंगले आइओसीसमेत ती थुप्रै्र मानिसहरुलाई धन्यवाद दिएकी छिन् जसले उनका लागि चिन्ता व्यक्त गरे ।’

उनले उनी  सुरक्षित र ठिक भएको बताएको छ । ‘उनी आफ्नो घरमा नै बसिरहेकी छिन् । तर यतिबेला उनी आफ्नो परिवार र साथीहरुसँग बस्न चाहन्छिन्  । उनले टेनिस खेल्न जारी राख्ने पनि बताएकी छिन्,’ आइओसीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप